मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई फुटको जोखिमबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको स्पष्ट पारेका छन्।
बिहीबार मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत सुन्दरहरैंचामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै नेता कोइरालाले पार्टीभित्र बढ्दो तनाव र अतिवादका बीच शान्त, सौम्य र सन्तुलित भूमिकामै आफू दृढ रहेको बताए।
“पार्टी जोगाउन शान्त र सौम्य पक्ष रोजें,” उनले भने, “नेपाली कांग्रेसलाई एकताबद्ध राख्नु नै मेरो प्राथमिकता हो।”
आगामी प्रतिनिधिसभा निर्वाचनतर्फ पार्टी अघि बढिसकेको उल्लेख गर्दै उनले निर्वाचनमार्फत मुलुकले स्पष्ट राजनीतिक निकास पाउने विश्वास व्यक्त गरे। उनले पार्टीका नेता–कार्यकर्तालाई आन्तरिक एकता मजबुत बनाएर चुनावमा होमिन आह्वानसमेत गरे।
















