झापा र सुनसरीबाट लागूऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।झापाको बिर्तामोड नगरपालिका २ स्थितमा लागूऔषध बेचबिखन भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बाह्रदर्शी गाउँपालिका ६ घर भई हाल सोही स्थानमा डेरा बस्ने दीपक कार्कीको कोठाबाट १ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर फेला पारी बेचबिखनमा संलग्न मनकुमार राजवंशीलाई मे १ ह ५५६२ नम्बरको अटोसहित नियन्त्रणमा लिएको हो ।
त्यस्तै धरान ८ बाट अस्थायी प्रहरी चौकी तीनकुनेले इटहरी ५ की सोनिका तामाङको साथबाट ३७० मिलिग्राम ब्राउनसुगर फेला पारेको छ ।यससँगै कारोबारमा संलग्न इटहरी ९ की इशा पौडेलसमेतलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जाएको छ ।

तपाईको प्रतिक्रिया