ओखलढुंगा। ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानीस्थित आइतबारेमा भएको मोटरसाइकल दुर्घटनामा १ जनाको ज्यान गएको छ। अन्य २ जना घाइते भएका छन्।
वडाध्यक्ष हेमराज राईका अनुसार मतदान केन्द्रतर्फ पैदल जाँदै गर्दा लडेर घाइते भएका जोरधन राईलाई उपचारपछि पुनः मतदानका लागि महादेवस्थान माध्यमिक विद्यालय लैजाने क्रममा मोटरसाइकल दुर्घटनामा परेको हो।
दुर्घटनामा जोरधनका छोरा धनराज राईको घटनास्थलमै मृत्यु भएको छ।
धनराज आफ्ना घाइते बुवालाई सहारा दिएर मोटरसाइकलको पछाडि बसेका थिए। दुर्घटनामा जोरधन राई गम्भीर घाइते भएका छन् भने मोटरसाइकल चालक पाण्डव राई पनि घाइते भएका छन्। गम्भीर घाइते जोरधनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको स्थानीयले बताएका छन्।प्रहरी नायब उपरीक्षक मदन केसीले घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाइएको बताए।
















