झापा दमक वडा नं ८ स्थित मनकामना हाेटल एण्ड लजमा १३ वर्षीया बालिकालाई ललाइफमाइ गरि याैनधन्दामा लगाएकाे आराेपमा २ जनालाई पक्राउ गरि अनुसन्धान भइरहेकाे छ ।
माेरङ जिल्ला केराबारी गापा ९ देवीझाेडा घर भइ हाल दमकमा बस्दै आएकी जुनु भन्ने पार्वती ऋषिदेवले ती बालिकालाई ललाइफकाई गरि दमक ८ स्थित ५५ वर्षीय गणेशप्रसाद अधिकारीले सञ्चालन गरेकाे मनकामना हाेटलमा लगी याैनधन्दामा लगाएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
निजहरुलाई मिति २०८३/०५/०७ गते झापा जिल्ला अदालतमा पेश गरी मानव बेचबिखन तथा अाेसारपसार कसुरमा म्याद थप गरि प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।
ती बालिका मिति २०८३/४/३१ गते घरबाट आफूखुसी हिडी परिवारको सम्पर्क बिहीन भएपछि आफन्तले खाेजतलासका लागि इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएका थिए ।

तपाईको प्रतिक्रिया