दुहबी । सुनसरीको दुहबी नगरपालिका–१ मा सञ्चा
लित बजरंग स्टिल उद्योगबाट अत्यधिक वातावरण प्रदूषण भइरहेको भन्दै रास्वपा दुहबीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको ध्यानाकर्षण गराएको छ।

रास्वपा दुहबी नगर सभापती मित्र प्रसाद निरौला र रास्वपा दुहबी १ का वडा सभापती वसिम रैनको नेतृत्वमा समितिले मन्त्रीसमक्ष बुझाएको पत्रमा उद्योगबाट भइरहेको वातावरणीय प्रदूषणका कारण स्थानीय गाउँ–बस्ती तथा जनस्वास्थ्यमा गम्भीर असर परिरहेको उल्लेख गरिएको छ।

पत्रमा उद्योग व्यवस्थापनलाई पटक–पटक लिखित तथा मौखिक रूपमा समस्या समाधानका लागि ध्यानाकर्षण गराउँदा समेत अपेक्षित समाधान नभएको दाबी गरिएको छ।
स्थानीय बासिन्दाको स्वास्थ्य तथा वातावरणमा परेको असरलाई मध्यनजर गर्दै तत्काल स्थलगत अनुगमन गर्न समितिले माग गरेको छ।

त्यस्तै, प्रदूषणको वास्तविक अवस्था पहिचान गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न तथा स्थानीय बस्ती र जनस्वास्थ्य संरक्षणमा प्रभावकारी पहल गर्न पनि समितिले आग्रह गरेको छ। रास्वपा दुहबी–१ वडा समितिका सचिव मो. सलमान रैन र वडा सभापति वसिम रैनले हस्ताक्षर गरेको पत्रमा सम्बन्धित निकायले तत्काल आवश्यक कदम चाल्नुपर्ने माग गरेका छन् ।

तपाईको प्रतिक्रिया