लेटाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नं. १ को क्षेत्रीय सभापति पदका लागि पाँच जना आकांक्षी देखिएका छन्। वर्तमान क्षेत्रीय सभापति शंकर राई, महासमिति सदस्य देवराज चाम्लिङ, अर्जुन तुम्रोक, सेमन्तराज दाहाल र ललित अधिकारी क्षेत्रीय सभापतिका लागि आकांक्षीका रूपमा देखिएका हुन्।
क्षेत्रीय नेतृत्वका लागि आकांक्षीहरूबीच आन्तरिक छलफल र भेटघाटसमेत चलिरहेको छ। पार्टी संगठनमा लामो समयदेखि सक्रिय रहेका विभिन्न नेताहरूले नेतृत्वका लागि आफ्नो दाबी प्रस्तुत गरेसँगै मोरङ–१ को क्षेत्रीय अधिवेशनमा नेतृत्व चयन मुख्य चासोको विषय बनेको छ।
यसैबीच नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ का वर्तमान सभापति शंकर राईले अधिवेशनअघि नै नेतृत्व चयनका लागि सर्वसम्मतिको अधिकतम प्रयास गरिने बताएका छन्। पार्टीभित्र सहमति कायम गर्दै सबैलाई समेट्ने गरी नेतृत्व चयन गर्न आफूहरूबीच छलफल भइरहेको उनको भनाइ छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नं. १ का वडास्तरीय अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिहरू चयन भइसकेका छन्। मोरङका क्षेत्र नं. १ का सबै वडामा सर्वसम्मत नेतृत्व तथा क्षेत्रीय प्रतिनिधि चयन भएको समाचारसमेत सार्वजनिक भएको छ।
क्षेत्रीय सभापतिसहित महाधिवेशन प्रतिनिधि चयनका लागि असोज १२ गते लेटाङमा क्षेत्रीय अधिवेशन हुँदैछ। कांग्रेसको आधिकारिक महाधिवेशन प्रक्रियाअनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशनका लागि प्रतिनिधिहरू चयन #morangkhabar #LetangMorang #MorangNews























