आज १८ बैशाख २०८२ बिहिवारको राशिफल
मेष । प्रेम सम्बन्ध सुमधुर रहनेछ। घरपरिवारमा जग्गा जमिनका मुद्दा मामलाहरू सुल्झिनेछन्। पारिवारिक जीवनमा शुभ समाचार सुन्न मिल्ला। स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान राख्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
वृष । बुद्धिको उपयोगले अधिकार वा प्रतिष्ठा जोगाउन सफल भइएला। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
...










