अनैतिक क्रियाकलापको सूचनापछि दुई महिला सेफ हाउस पठाइयो
उर्लाबारी। मोरङको मिक्लाजुङ गाउँपालिका–७ मधुमल्ला बजारस्थित एक होटलमा अनैतिक गतिविधि भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेर दुई महिलालाई उद्धार गरी सेफ हाउस पठाएको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार प्रहरी निरीक्षक नविन ओलीको कमाण्डमा ७ सदस्यीय प्रहरी टोली खटिएको थियो । टोलीले मिक्लाजुङ–७ मधुमल्ला बजारमा रहेको ‘सोहेन होटल एण्ड लज’मा पुगेर जाँच गर्दा त्यहाँ कार्यरत द...











