लुटपाटमा संलग्न गणेश कार्की पक्राउ
काठमाडौं । काठमाडौंको जडीबुटी क्षेत्रमा लुटपाटमा संलग्न एक व्यक्तिलाई प्रहरीले गोली चलाएर पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै गोली प्रहार गरी गणेश कार्कीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ गर्न खोज्दा भाग्न खोजेपछि कार्कीमाथि गोली चलाइएको थियो । उनको बायाँ खुट्टामा गोली लागेको छ । काठमाडौंको भद्रकाली घर भएका कार्कीमाथि श...










