अख्तियारले नै काम रोक्न आदेश दिनसक्ने कानुन बन्दै
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार हुन लागेको ठानेमा विकास निर्माणका काम रोक्न सक्ने कानुन बन्ने भएको छ।
सरकारले राष्ट्रिय सभामा दर्ता गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा कसैले भ्रष्टाचार गर्न खोजेको थाहा पाए उसले गर्न लागेको काम रोक्न सक्ने अधिकार अख्तियारलाई दिएको छ।
अहिलेको ऐनमा यस्तो अधिकार छैन। भ्रष्टाचार गरेको खण्डमा भने अख्तियार अनु...











