फलामको खोरमा ११ वर्षे बालक
सडक छेउमा रहेको रुख नजिकै एउटा फलामे खोर बनाइएको छ। त्यही खोरभित्र थुनिएर जीवनका खुसी भेटाउने प्रयासमा छन्, बालक पवन कुमाल। पाल्पाको रामपुर नगरपालिका–६ स्थित तिलकपुर बस्ने ११ वर्षीय पवन करिब डेढ वर्षदेखि फलामको खोरमा जीवन बिताइरहेका छन्।
उनको यो उमेर विद्यालयमा गएर लेखपढ गर्ने, साथीभाइसँग रमाउँदै नयाँ कुरा सिक्ने र जान्ने हो। बोल्न नसक्ने तर कोही मान्छे देख्यो भने मुस्कुुराउँदै हातले इशारा गरेर...











