कांग्रेसमा हिन्दु राष्ट्रको बहस चर्किँदै, महासमितिमै ७ सय प्रतिनिधिले बुझाए हस्ताक्षर
काठमान्डाैं / प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय हिन्दू राष्ट्रका पक्षमा चर्को रूपमा बहस उठ्न थालेका छन् । सो बहसमा शीर्ष तहका नेता नै पछिल्लो समय खुलेरै लाग्न थालेका हुन् । महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसभित्र हिन्दू राष्ट्र पुनस्र्थापनाको विषय उठाउँदै आएकोमा पछिल्लो समय अन्य नेतासमेत खुल्न थालेका छन् । गत वर्षको पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकमा संविधान जारी भएयता प...