दुहबीबाट १०७ ग्राम ब्राउन सुगरसहित दुई युवा पक्राउ
धरान : सुनसरीको दुहबी नगरपालिका–४ मालहट्टीस्थित बुढी खोलाको पुल नजिकबाट प्रहरीले १०७ दशमलव ४५ ग्राम ब्राउन सुगरसहित दुई युवालाई पक्राउ गरेको छ।
लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका–१ नोचा टोलका २५ वर्षीय जमालउद्दिन मियाँ र सोही स्थानका २५ वर्षीय इमदाद मियाँलाई आइ...










