गर्मी बढेपछि शीतलता खोज्दै इटहरीको तालतलैया पुग्दै पर्यटक
गर्मी बढेसँगै सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा अवस्थित पर्यटकीय स्थल ‘तालतलैया’ यतिबेला शीतलता खोज्ने पर्यटकहरूको मुख्य रोजाइ बन्न थालेको छ। करिब २१.५ हेक्टर क्षेत्रफलमा फैलिएको हरियाली र जलाशययुक्त यो क्षेत्र गर्मी छल्न आउनेहरूको आकर्षक केन्द्रका रूपमा विकास हुँदै गएको छ।
तालतलैया व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर रायमाझीका अनुसार गर्मी मौसम सुरु भएसँगै यहाँ आउने पर्यटकको संख्यामा उ...











