मेरिल्याण्ड कलेजको कक्षा १२ मा उत्कृष्ट नतिजा
विराटनगर। विराटनगर–६ स्थित मेरिल्याण्ड कलेजले राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै पूर्वी नेपालको अग्रणी शैक्षिक संस्थाका रूपमा आफ्नो पहिचानलाई थप बलियो बनाएको छ। यस वर्ष कलेजका ९७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने उच्च जीपीए ल्याउने विद्यार्थीको संख्या पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ।
कलेजका प्राचार्य लक्ष्मण ढकालका अनुसार तीन जना विद्यार्...











