झापामा अटो भित्रै पुरुषको मृत्यु
विराटनगर / झापाको शिवसताक्षी नगरपालिका–८ बाट अटो (टेम्पो) मा राखेर मोरङको उर्लाबारीस्थित घर पुर्याउँदै गर्दा एक पुरुषको अटो भित्रै मृत्यु भएको छ ।
उर्लाबारी नगरपालिका–२ पुरानो मंगलबारेका ५६ वर्षीय कुमार गिरीको उनी चढेकै मे १ ह ४९१० नम्बरको अटोमा सोमबार बिहान मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । प्रहरीका अनुसार डुल्दै जाने क्रममा गिरी दुई दिन अघि शिवसताक्षी–८ का...