नेपाल प्रहरी र सशस्त्रमा ३० वर्षे सेवा अवधि हटाउन सुझाव : वरिष्ठ हवल्दारसम्मका कर्मचारीलाई १६ वर्षमै पेन्सन

नेपाल प्रहरी र सशस्त्रमा ३० वर्षे सेवा अवधि हटाउन सुझाव : वरिष्ठ हवल्दारसम्मका कर्मचारीलाई १६ वर्षमै पेन्सन
इटहरी । सरकारले गठन गरेको अध्ययन कार्यदलले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मा कायम रहेको ३० वर्षे सेवा अवधि शर्तसहित हटाउन सुझाव दिएको छ । गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यको संयोजकत्वमा गठित कार्यदलले गृहमन्त्री रमेश लेखकलाई बुझाएको प्रतिवेदनमा दुवै सुरक्षा सङ्ठनमा अहिले कायम रहेको ३० वर्षे प्रावधान अवैज्ञानिक र अन्तर्राष्ट्रिय अभ्यास तथा आन्तरिक निकायका प्रावधानसँग...

माछा भात खाएर फुड पोईजन हुदाँ बारामा तीन बालबालिकाको मृत्यु

माछा भात खाएर फुड पोईजन हुदाँ बारामा तीन बालबालिकाको मृत्यु
माछा भात खाएर फूड पोईजनिङ हुँदा बारामा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। फुड पोइजनिङ बाट स्थानिय सिम्रौनगढ नगरपालिका झवानी गाउँका नरेश राम चमारको तीनजना नाबालक छोरा छोरीको मृत्यु भएको बारा प्रहरी प्रवक्ता डिएसपी दीपक सापकोटाले बताएका छन। छिमेकी राजदेव रामका अनुसार आईतवार राति नरेश राम चमारको छोरीहरू क्रमशः ९ वर्ष कि लालिमा राम,७ वर्ष कि पुष्पा राम तथा ५ वर्ष का छोरा कृष्णनन्दन राम  माछा ...

साउनको अन्तिम सोमबार देशभरका शिवालयमा भक्तजनको घुइँचो

साउनको अन्तिम सोमबार देशभरका शिवालयमा भक्तजनको घुइँचो
आज साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका भक्तजनले आज विधिपूर्वक व्रत समाप्त गर्दैछन् । साउनको सोमबारलाई भगवान् शिवको प्रिय बार मानिने भएकाले यस दिन व्रत बसेर पूजापाठ र दान गर्दा सुख प्राप्त हुनाका साथै परिवारमा शान्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ । आज काठमाडौँ उपत्य...

सिन्धुपाल्चोकको ठूलो छाँगामा क्यानोनिङ र रक क्लाइम्बिङ सुरु

सिन्धुपाल्चोकको ठूलो छाँगामा क्यानोनिङ र रक क्लाइम्बिङ सुरु
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ चिलाउनेस्थित ठूलो छाँगामा क्यानोनिङ र रक क्लाइम्बिङ सुरु गरिएको छ। बलेफी गाउँपालिकाले साहसिक खेल अन्तर्गत पर्ने क्यानोनिङ र रक क्लाइम्बिङका लागि पहिलो चरणमा ३ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो। झरनामा आधारभूत पूर्वाधार तयार गर्न सो बजेटबाट काम थालिएको वडा नम्बर ३ का वडाध्यक्ष रितेश तामाङले बताए। पर्यटकीय स्थलका रूपमा सो क्षेत्रलाई विकास गर्ने उद्देश्यले ...

खोटाङकी एञ्जल राईले जितिन् ‘मिस मंगोल नेपाल– २०२४’ को उपाधि

खोटाङकी एञ्जल राईले जितिन् ‘मिस मंगोल नेपाल– २०२४’ को उपाधि
खोटाङकी एञ्जल राईलाई ‘मिस मंगोल नेपाल २०२४’ को उपाधि जितेकी छिन्। ३०औँ विश्व आदिवासी दिवसको अवसर पारेर काठमाडौंको जमलस्थित राष्ट्रिय नाचाघरमा आयोजित कार्यक्रममा उनले ताज पहिरिइन्। २३ वर्षिया राईले एक लाख नगदसमेत हात पारिन। साथै उनले मिस ट्यालेन्टको उपाधिसमेत समेत जितिन्। नेपाल आदिवासी जनजाति महासंघको सहकार्यमा एक्सन इन्टरटेनमेन्ट प्रालिले आयोजनामा यो प्रतियोगिता गरेको थियो। स्नातक उत्तीर्...

झापामा दुई थान पेस्तोलसहित एक पुरुष पक्राउ

झापामा दुई थान पेस्तोलसहित एक पुरुष पक्राउ
झापामा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । सोमबार (आज)बिहान दमक नगरपालिका ५, बानेश्वर हाइटस्थित सडकबाट मेड इन इटाली लेखिएको पेस्तोल र म्याग्जिन दुई थानसहित सोही नगरपालिका ८ का ३६ वर्षीय सन्जीव गजमेरलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले को ३८ प ५६४९ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरको अगाडि सामान राख्ने खाली भागमा लुकाइछिपाइ राखेको हतियारसह...

उदयपुरमा बाढीले बगाएर एक वृद्धको मृत्यु

उदयपुरमा बाढीले बगाएर एक वृद्धको मृत्यु
उदयपुरको चौदण्डीगढी नगरपालिका ९ मा खोला तर्ने क्रममा बाढीले बगाउँदा एक जना वृद्धको मृत्यु भएको छ । स्थानीय ७० वर्षीय नीरबहादुर राईको भडोरी खहरे खोला तर्ने क्रममा अचानक बाढीले बगाएर मृत्यु भएको हो ।घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेल्टारबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गाडीको ठक्करबाट ६ जना श्रद्धालुको घटनास्थलमै मृत्यु

गाडीको ठक्करबाट ६ जना श्रद्धालुको घटनास्थलमै मृत्यु
पश्चिम बंगालको दार्जिलिङ जिल्लाको बागडोगरामा स्कोरपियो गाडीको ठक्करबाट ६ जना श्रद्धालुको घटनास्थलमै मृत्यु भएको छ। साउन अन्तिम सोमबार बागडोगरास्थित जंगलीबाबा मन्दिरमा जल चढाउन पैदल गइरहेका श्रद्धालुमाथि एसके ०८ पी ०७३७ नम्बरको स्कोरपियो गाडीले ठक्कर दिएको थियो। अनियन्त्रित गाडीको ठक्करबाट १० जना श्रद्धालुमध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ। मृत्यु हुनेहरूमा गोविन्द ...

देश नाजुक अवस्थामा पुग्यो, ११ अर्ब राजस्व उठ्छ, १४ खर्ब खर्च हुन्छ : डा. कोइराला

देश नाजुक अवस्थामा पुग्यो, ११ अर्ब राजस्व उठ्छ, १४ खर्ब खर्च हुन्छ : डा. कोइराला
सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक अहिले अत्यन्तै नाजुक अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरेका छन् । आज (आइतबार) लेखक तथा साहित्यकार प्राध्यापक डा. कुलप्रसाद कोइरालाद्वारा लिखित ‘आफ्नो बाटो आफ्नै पाइला’ र ‘एक्काको जोडा एक्का’ नामक पुस्तकहरू लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले राष्ट्रियता र प्रजातन्त्रलाइसँगै लिएर जाने वीपीको सिद्धान्त कार्यान्वयन ग...

प्रधानमन्त्रीलाई मुकुल ढकालको प्रदेश खारेज गर्नुपर्नेसहितका १५ बुँदे सुझाव

प्रधानमन्त्रीलाई मुकुल ढकालको प्रदेश खारेज गर्नुपर्नेसहितका १५ बुँदे सुझाव
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालीन महामन्त्री डा. मुकुल ढकालले विभिन्न विषयमा १५ बुँदे सुझाव पेस गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सोमबार उनले आफ्ना सुझाव पेस गरेका हुन् । ‘...मैले आफ्ना पनि केही सुझाव र देश यात्राका क्रममा जनताबाट प्राप्त सुझाव समेटी तपशिल बमोजिम सुझावहरू सम्माननीय प्रधानमन्त्रीसामु पेस गर्न चाहन्छु’, उनले लेखेका छन् । उनले गत...