तरुण दलमा भांडभैलो, अध्यक्षको बर्खास्ती लगत्तै महासचिवले गरे जवाफी कारबाही
काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलभित्रको विवाद उत्कर्षमा पुगेको छ। अध्यक्ष जीतजंग बस्नेत र महासचिव भूपेन्द्रजंग शाहीले एकअर्कालाई संगठनबाट कारबाही गरेपछि विवाद उत्कर्षमा पुगेको हो। संगठनको अनुशासनविपरीत काम गरेको भन्दै अध्यक्ष बस्नेतले सदस्यसमेत नरहने गरी महासचिव शाहीलाई पदबाट बर्खास्त गरेका हुन्। त्यसलगत्तै महासचिव शाहीले पनि विज्ञप्ति जारी गर्दै अध्यक्ष बस्नेतलाई...