भारतको जोगवनीबाट पेस्तोल बोकेर आउँदै गरेको युवा पक्राउ
विराटनगर / विराटनगर महानगरपालिका–१५ रानीबाट प्रहरीले सोमबारराति कटुवा पेस्तोलसहित हतियार कारोबारीका भरियाको काम गर्ने युवालाई पक्राउ गरेको छ । भारतको जोगवनीबाट पेस्तोल बोकेर आउँदै गर्दा विराटनगर–५ त्रिमूर्ति चोकका २५ वर्षीय बिल नरसिंह भनिने दिपक गुरुङलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । उनकाअनुसार पैदल हिंडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा गुरुङको साथ...









