दाइजोमा दिएको मोटरसाइकलको नामसारी नगरेपछि पत्नीको हत्या
धनुषाको मिथिला बिहारी नगरपालिका–४ मिथिलेश्वरमा दाइजोमा दिएको मोटरसाइकलको नामसारी नगरेपछि एक युवकले पत्नीको हत्या गरेका छन्।
स्थानीय प्रकाश मण्डलले करिब २२ वर्षीया पत्नी कुसुम मण्डलको हत्या गरेका हुन्। हत्या गरेको अवस्थामा उनका ससुरा रामचन्द्र मण्डलले कुसुमलाई उपचार गराउन भन्दै जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याएका थिए। अस्पतालमा उनको मृत शव राखेर ससुरा मण्डल फरार भएका छन्। शनिबार बिहा...





