मामाद्वारा भान्जीमाथि खुकुरी प्रहार
विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका–२ संगम टोलमा बिहीबार बिहान एक महिलामाथि खुकुरी प्रहार भएको छ । आफ्नै मामाको खुकुरी प्रहारबाट २९ वर्षीया स्थानीय सुमा राई गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय रवीन्द्र पौडेलको घरको आँगनमा बिहान १०ः३० बजेतिर ४३ वर्षीय विनोद राईले सुमामाथि खुकुरी प्रहार गरेका हुन् । आक्रमणकारी विनोद र घाइते सुमा नाताले मामा–भान्जी हुन् ।खुकुरी प्रहारब...











