कोशी अस्पतालको अतिक्रमित जग्गामा डोजर, व्यावसायिक संरचना हटाउन सुरु
विराटनगर : कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण गरिएका व्यावसायिक संरचना हटाउने अभियान सोमबार बिहानैदेखि सुरु गरिएको छ। अस्पताल प्रशासनले दिएको सातदिने समयसीमा सकिएसँगै जिल्ला सुरक्षा समितिको समन्वयमा विराटनगर महानगरपालिका–७ स्थित अस्पताल चोक र देवकोटा चोक क्षेत्रमा डोजर परिचालन गरिएको हो।
बिहान करिब ५ बजेदेखि सुरु गरिएको अभियानमा सम्भावित अवरोध रोक्न नेपाल प्रहरीसहित ...










