विराटनगरमा सिटी सफारी चालकले गरे महिलामाथि चक्कु प्रहार
विराटनगर / विराटनगरमा एक सिटी सफारी चालकले बिहीबार बिहान महिलामाथि चक्कु प्रहार गरेका छन् । सिटी सफारी चार्ज गरेको विषयमा विवाद हुँदा विराटनगर महानगरपालिका–१० सोमबारे हाटका ३३ वर्षीय मेघराज मण्डलले छिमेकी ३४ वर्षीय मायादेवी मण्डलको टाउकोमा चक्कु हानेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुकाअनुसार घटनामा घाइते भएकी महिलाको कोसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको टाउको चारवटा ...











