बँदेलको आक्रमणबाट १ को मृत्यु

बँदेलको आक्रमणबाट १ को मृत्यु
सप्तरीको कञ्चनरुपा नगरपालिका–६ की ३५ वर्षीया सीतादेवी सदाको शनिबार बँदेलको आक्रमणबाट मृत्यु भएको छ । घर नजिकै जङ्गलमा खर काटन गएकी सदालाई जङ्गली बँदेलले एक्कासि आक्रमण गर्दा घाइते पारेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले जानकारी दिए ।

विहे गरेकै भोलीपल्ट श्रीमानले गरे पत्नीको हत्या

विहे गरेकै भोलीपल्ट  श्रीमानले गरे पत्नीको हत्या
हेटौँडा / धादिङका एक युवकले विवाहको भोलीपल्टै पत्नीको हत्या गरेका छन्। गत मंसिर ९ गते २० वर्षीय अनिशा तामाङलाई दुलहीका रुपमा भित्र्याएका धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले भोलिपल्टै पत्नीको हत्या गरेका खबर आजको कान्तिपुर दैनिकले छापेको छ। मकवानपुरकी अनिशालाई बिहे गरेकै भोलिपल्ट हत्या गरी घटनाको ढाकछोप गर्न शौचालयको सेप्टि ट्यांकीमा लुकाएको खुलेको हो। खाल्डो छोप्ने ढक्क...

बिहे गराइदिने पण्डितले नै दुलही भगाए

बिहे गराइदिने पण्डितले नै दुलही भगाए
भारतको मध्यप्रदेशमा एक जोडीको बिहे गराइदिएका पण्डितले नै केटी लिएर भागेका छन्। २१ वर्षकी रीना बाइ नामकी केटी आफ्नो बिहे गराइदिने पण्डितसँग भागेकी हुन् । मध्यप्रदेशको विदिशा जिल्लामा गत मे ७ मा रीनाले एक युवकसँग बिहे गरेकी थिइन्। त्यसको एक हप्तापछि उनी घरबाट गहना र पैसा लिएर आफ्नै बिहे गराइदिने विनोद महाराज नाम गरेका पण्डितसँग भागेकी हुन्। बिहेपछि खुसीसाथ आफ्नो श्रीमानको घर गएकी रीना केही दि...

बिहानै सिन्धुपाल्चोकमा बस दुर्घटना : ११ जनाको मृत्यु

बिहानै सिन्धुपाल्चोकमा बस दुर्घटना : ११ जनाको मृत्यु
दोलखा : सिन्धुपाल्चोकको खाडिचौर-जिरी सडकखण्डको ६ किलोमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। दोलखा कालिन्चोकबाट काठमाडौं जाने क्रममा बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान ६ किलोमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी अधेँरीका प्रमुख राजेश दाहालले जानकारी दिए। उनले दुर्घटनामा अन्य थुप्रै यात्रु घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने बताए। घटनाको थप विवरण आउन बाँकी छ...

गौतमबुद्ध विमानस्थल बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने

गौतमबुद्ध विमानस्थल बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने
काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने भएको छ । विमानस्थल निर्माण आयोजनाले बुद्ध पूर्णिमादेखि विमानस्थल सञ्चालनमा आउने जानकारी दिएको हो । यद्यपि यसको औपचारिक निर्णय भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नुपर्नेछ । विमानस्थलको टर्मिनल भवनमा मार्बल तथा टायल लगाउने र सीसीटीभी तथा एक्सरे मेसिन जडानलगायतका काम भइरहेको छ । विमान पा...

हिमपातका कारण लुक्लामा पार्किङ गरेर राखिएका हेलिकोप्टर हिउँले पुरिए

हिमपातका कारण लुक्लामा पार्किङ गरेर राखिएका हेलिकोप्टर हिउँले पुरिए
सोलुखुम्बु – सोलुखुम्बुको लुक्ला क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातका कारण लुक्ला विमानस्थलमा पार्किङ गरि राखिएका हेलिकोप्टरहरू हिउँले ढपक्कै पुरिएका छ । उच्च पहाडी भेगमा हिमपात भएको छ । उच्च हिमाली क्षेत्र मुगु, डोल्पा, मनाङ, मुस्तङ, सोलुखुम्बु, ओखलढुंगालगायत विभिन्न जिल्लामा हिमपात भएको छ । मंसिरमा परेको हिउँदे झरीका कारण कतै जीवन कष्टकर बनेको छ भने कतै बालीनाली सप्रिने आसले किसानहर...

बोलेरो सडकबाट तल खस्दा एक जनाको मृत्यु

बोलेरो सडकबाट तल खस्दा एक जनाको मृत्यु
खोटाङ / खोटाङ बोलेरो सडकबाट खस्दा एक जनाको मृत्यु भएकाे छ । खोटाङको रावाबेशि गाउपालिका-४ रमितेभिर स्थित भित्रि सडक खण्डमा बोलेरो सडकबाट तला खस्दा १ जनाको मृत्यु भएको हाे । आज शनिबार दिउँसो साढे ३ बजेको समयमा डुम्रेधारापानिबाट रावाखोला तर्फ जादै गरेको ना १ ज ३७४७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट अंदाजी १५०० मिटर तल खसेर दुर्घटना भएको थियो । घटनाबारेमा प्रहरी चौकी डुम्रेधारापानिमा जानकारी...

धनुषा बम बिस्फोटमा घाइते भएका इन्सपेक्टर अमिर दहालको पनि मृत्यु

बम बिस्फोटमा घाइते भएका धनुषाको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्सपेक्टर अमिर दहालको पनि मृत्यु भएको छ । शुक्रबार राति बम बिस्फोटमा परि गम्भीर घाइते भएका इन्सपेक्टर दहालको विपी कोइराला विज्ञान प्रतिष्ठान धारानमा उपचारको क्रममा विहान ७ बजेर ६ मिनेटमा मृत्यु भएको प्रहरी श्रोतले जनाएको छ । शुक्रबार राति इलाका प्रहरी कार्यालय भन्दा केहि पर क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका राज...

लगातार वर्षा र हिमपातपछि हिमाली जिल्ला ताप्लेजुङको जनजीवन प्रभावित

लगातार वर्षा र हिमपातपछि हिमाली जिल्ला ताप्लेजुङको जनजीवन प्रभावित
 शुक्रबार दिउँसोदेखि लगातार वर्षा र हिमपातपछि हिमाली जिल्ला ताप्लेजुङको जनजीवन प्रभावित बनेको छ । जिल्लाभर वर्षा भइरहेको छ भने उच्च क्षेत्रमा हिउँ पर्ने क्रम रोकिएको छैन । लगातारको वर्षा र हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ओलाङचुङगोला, घुन्सा, याङ्मा, ग्याब्ला, फले, लेलेपलगायतका स्थानीयवासीको जनजीवन कष्टकर बनेको छ । “बाहिर एक फिटभन्दा बढी हिउँ जमिसकेको छ, अझै हिउँ पर्ने क्रम रोकि...

नवलपरासीको कावासोतीमा बस दुर्घटना १७ जना घाइते

नवलपरासीको कावासोतीमा बस दुर्घटना १७ जना घाइते
नवलपरासी- पूर्वी नवलपरासीको कावासोतीमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौंका लागि छुटेको बस कावासोती-३ पुरानो कावासोती बजारमा दुर्घटनामा परेको हो । नेपाली सेना सवार बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । नेपाली सेनामा भर्ना छनौट भएर थप तालिमका लागि काठमाडौं आउँदै गरेका जवानहरु सवार बस दुर्घटनामा परेको हो । घाइतेमध्य्ये प्रेमबहादुर खत्री र विरेन्द्र शाही गम्भ...