विप्लव समूहका झापा जिल्ला सदस्य काठमाडौंको तीनकुनेबाट पक्राउ

विप्लव समूहका झापा जिल्ला सदस्य काठमाडौंको तीनकुनेबाट पक्राउ
 नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका झापा जिल्ला सदस्य एवम् मेचीनगर इञ्चार्ज याम कुमार गिरी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले गिरीलाई काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हो । पक्राउ परेका गिरीमाथि झापाको बिर्तामोडस्थित सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालयमा बम विस्फोट गराएको आरोप छ । पक्राउ परेका गिरीमाथि ...

कोहलपुरमा ट्रकको ठक्करबाट विद्यार्थीको मुत्यु हुँदा स्थिति तनावग्रस्त

कोहलपुरमा ट्रकको ठक्करबाट विद्यार्थीको मुत्यु हुँदा स्थिति तनावग्रस्त
बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको छ । आइतवार बिहान कोहलपुर-नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर-१० की प्रकृति चन्दको मृत्यु भएको हो । स्कुले बालिकाको मृत्यु भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् । स्थिति तनावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गरेको छ ...

ग्यास लिक भएर आगलागी हुँदा एक वृद्धको मृत्यु

ग्यास लिक भएर आगलागी हुँदा एक वृद्धको मृत्यु
विराटनगर-२ शनिहाटमा शनिबार राति ग्यास लिक भएर आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ७० वर्षीय जेष्ठ नागरिक जयप्रसाद दाहाल छन् । काठमाडौं बसोबास गर्दै आएका उनी केही दिनअघि विराटनगर आएका थिए । एक्लै बस्दै आएका उनी आइतबार बिहान जलेको अवस्थामा मृत भेटिएका हुन् । घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धानका लागि एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मो...

पाँच किलोग्राम चरेससहित दुई जना पक्राउ

पाँच किलोग्राम चरेससहित दुई जना पक्राउ
बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पाँच किलोग्राम चरेससहित दुई जना पक्राउ परेका छन् । गाउँपालिका–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीयवासी २५ वर्षीय रामबहादुर साउथोकीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काका अनुसार मामा–भान्जीबीच चरेस खरीद बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिए...

जबर्जस्ती करणी मुद्दाका फरार एक युवक पक्राउ

जबर्जस्ती करणी मुद्दाका फरार एक युवक पक्राउ
जबर्जस्ती करणी मुद्दामा फरार एक युवकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–३ इटारीप्रसाईंका २५ वर्षीय धर्मेन्द्रकुमार मण्डल रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले उनलाई इटारीप्रसाईंबाट पक्राउ गरिएको हो । मण्डललाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा पेश गरिने प्रहरीले जनाएको छ ।

राप्ती नगरपालिकामा अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु, ६ घाइते

राप्ती नगरपालिकामा अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु, ६ घाइते
चितवन / चितवनमा अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको राप्ती नगरपालिका वडा नम्बर ४ मा शनिबार साँझ भएको अटो घटनामा गरी ५ जानको मृत्य हुनेका साथै ६ गम्भीर जना घाइते छन् । मृत्यु हुनेमा दुई पुरुष र तीन महिला रहेको जनाइएको छ। राप्ती नगरपालिका(४ चेपाङ मार्गको भित्री सडकखण्डबाट चौकी डाँडातर्फ गइरहेको ना। १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा अटोमा सवार पाँचजनाको मृत्यु भएको जिल्ल...

पाँच वर्षभित्र मागभन्दा ३ हजार मेगावाट विद्युत् बढी

पाँच वर्षभित्र मागभन्दा ३ हजार मेगावाट विद्युत् बढी
काठमान्डाैं / माग र आपूर्तिको प्रक्षेपणका आधारमा पाँच वर्षपछि ३ हजार १४ मेगावाट विद्युत् हुने देखिएको छ । हालको विद्युत् माग, उत्पादन र आपूर्तिको विश्लेषण गर्दा यस्तो अवस्था देखिएको हो । पाँच वर्ष अर्थात् सन् २०२४ मा विद्युत् उत्पादन ६७१७ मेगावाट पुग्नेछ भने यसमा ३०१४ मेगावाट सरप्लस हुनेछ । १५ प्रतिशत वृद्धिलाई आधार मानेर गरेको प्रक्षेपणमा भने सन् २०२४ मा ३९४७ मेगावाट पुग्नेछ । नेपाल विद्युत् प्रा...

बेलका नगरपालिकामा भर्‍याङमा बाट लडेर एक जनाको मृत्यु

बेलका नगरपालिकामा भर्‍याङमा बाट लडेर एक जनाको मृत्यु
उदयपुर / उदयपुरभर्‍याङमा बाट लडेर एक जनाको मृत्यु भएकाे छ । उदयपुरको बेलका नगरपालिका-३ रातापानी सालबारीमा भर्‍यङबाट लडेर १ जनाको मृत्यु भएको हाे । गत बिहिबार राती १२ बजेको समयमा आफ्नै घरको भर्‍याङबाट लडेर २७ बर्षिय जितेन्द्र चाम्लिंग राई गम्भिर घाईते भएका थिए । घाईतेको उपचारको क्रममा आज बिहानको राती २ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु

बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु
   काभ्रेपलाञ्चोकको धुलिखेल नगरपाकिला–११ तिरतिरे धारास्थित विपी राजमार्गमा आज बिहान यात्रुबाहक बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ । कांकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ९१३८ नम्बरको बसको ढोकाबाट खस्दा गम्भीर घाइते भई उपचारका लागि धुलिखेल अस्पताल पठाइएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो । मृत्यु...

नवलपुरमा मात्रै एक बर्षमा १७ जना बलात्कारको सिकार

नवलपुरमा मात्रै एक बर्षमा १७ जना बलात्कारको सिकार
काठमाडौँ । पूर्वी नवलपरासीमा गत एक बर्षमा १७ जना महिला जबरजस्ती करणीको सिकार भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७५र०७६ मा १७ जना महिला तथा बालबालिका जबरजस्ती करणीका सिकार भएका हुन् । त्यसैगरी ३ जनामाथि जबरजस्ती करणीको प्रयास भएको छ भने २ जना बालयौन दुव्र्यवहारको सिकार भएका छन् । प्रहरीको तथ्यांक अनुसार १४ जना महिलामाथि अभद्र व्यवहार भएको छ । त्यस्तै य...