उदयपुरमा प्रहरी र स्थानीयबीच झडप

उदयपुरको बेलका नगरपालिका- ४ लालबजारमा ढुंगा उत्खनन विवादलाई लिएर मंगलबार बिहान प्रहरी र स्थानीयबीच झ डप भएको छ। झ डपपछि स्थानीयले चक्काजाम गरेका छन्। एम्बुलेन्सबाहेक अन्य सवारी साधन चलेका छैनन्। झडपमा प्रहरीले अश्रु ग्यास हानेको छ। सिसुवा खोलाबाट नियमविपरित ढुंगा लगेको भन्दै स्थानीयले लोड गरिएको २० वटा टिपर र एउटा स्काभेटरलाई नियन्त्रणमा लिएका थिए। रोकेर राखेको टिपरलाई त्यहाँबाट लैजान...

महिलामाथि डोजर चलाउने चालक बोहरा जेल चलान

बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा महिलामाथि डोजर चलाउने चालक किशोर बोहरा पूर्पक्षका लागि जेल चलान भएका छन् । बैतडी जिल्ला अदालतका जिल्ला न्यायधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले चालक बोहरालाई आइतबार पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको हो । त्यस्तै चालक बोहरालाई महिलामाथि डोजर चलाउन उक्साउने डोजर मालिक भानी जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीलाई जनही...

उदयपुरमा अश्लिल क्रियाकलापमा संलग्न आरोपमा होटल साहुनीसहित ८ जना पक्राउ

  उदयपुर / उदयपुरको सदरमुकाम गाईघाटमा एक होटलबाट अश्लिल क्रियाकलाप गरेको आरोपमा होटल साहुनी सहित ८ जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका ११ सएके पेट्रोल पम्प पछाडी सुष्मा राईले संचालन गर्दै आएको होटलमा होहल्ला, अश्लिल क्रियाकलाप भईरहेको सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दा होटल साहुनी सहित ८ जना पक्राउ परेको छ । पक्राउ पर्नेमा होटल साहुनी त्रियुगा नगरपालिका १० की सुष्मा राई ...

ट्याक्टरको ठक्करबाट ५ वर्षिय बालकको मृत्यु

ट्याक्टरको ठक्करबाट ५ वर्षिय बालकको मृत्यु
 कास्कीको पोखरामा ट्याक्टरको ठक्करबाट एक ५ वर्षिय बालकको मृत्यु भएको छ । सोमबार बिहान पोखरा महानगरपालिका-३१ गढीघाटस्थित सडकमा ट्याक्टरको ठक्करबाट पोखरा महानगरपालिका वडानम्बर ३३ छपल्याङ्गट का ५ वर्षीय आकाश नेपालीको मृत्यु भएको हो । ग१त २८२८ नम्बरको ट्याक्टरले ठक्कर दिने चालक भने फरार रहेको र उनको तीब्रगतीमा खोज तलास भईरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

इटहरीमा एक महिलाको शव फेला

इटहरीमा एक महिलाको शव फेला
इटहरीमा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ । इटहरी-४ को बुढिखोलाको किनारमा सोमबार सडिएको अवस्थामा शव फेला परेको हो । प्रहरीका अनुसार अन्दाजी २५-३० वर्षकी महिलाको खोलाको छेउमा कासघारिमा रहेको उक्त शवको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । स्थानियले शव देखेपछी इलाका प्रहरी कार्यालय इटहरीलाइ खबर गरेका थिए । खबर लगत्तै प्रहरी घटना स्थलमा पुगी अनुसन्धान सुरु गरेको छ ।

झापामा करको विषयमा विवाद : खुकुरी प्रहार गर्ने पाँच पक्राउ

झापामा करको विषयमा विवाद : खुकुरी प्रहार गर्ने पाँच पक्राउ
भद्रपुर : झापामा खोलाको करको विषयमा विवाद हुँदा एक व्यक्तिमाथि खुकुरी प्रहार गर्ने पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका ९ बस्ने १७ वर्षीय सुमन सुन्दास, सोही ठाउँ बस्ने १७ वर्षीय अमस लिम्बू, १८ वर्षीय सन्जु तामाङ, २२ वर्षीय हर्कराज राई र २० वर्षीय दिप्सन नेपाल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार बु...

नेपाल सँग जोडीएका नाका बन्द गर्दै भारत

नेपाल सँग जोडीएका नाका बन्द गर्दै भारत
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मङ्सिर ६ गतेदेखि ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो । यही मङ्सिर ८ गते (नोभेम्बर २५ तारिख)मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलताका कारण जनाउँदै मङ्सिर ६ गते साँझ ५ बजेदेखि मङ्सिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ । सीमा बन्द रहेको अवधिमा ...

सुन्दरहरैचामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुन्दरहरैचामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा ०८ स्थित सलकपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आइतबार राती करिब १०:४५ मा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख २४११ नम्बरको ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको बा ३७ प ८७५९ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक झापाको कन्काई ३ का ४४ वर्षिय पेशल केसि घाइते भएका थिए । घाईते भएका मोटरसाईकल चालक के.सी. लाई उपचारको लागी धरान लैजान...

ब्रेथो मिटरबाट ट्राफिक प्रहरीको फोक्सो परिक्षण

ब्रेथो मिटरबाट ट्राफिक प्रहरीको फोक्सो परिक्षण
इटहरी , सधै सडकको धुवाधुलो झेल्दै ट्राफिक व्यवस्थापन गर्न खटिने प्रहरीको लागि इटहरीमा एकदिने निशुल्क फोक्सो परिक्षण गरिएको छ । १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले सिप्ला लिमिटेडको सहकार्यमा प्रदेश १ मा खटिने ट्राफिक प्रहरीहरुको लागि निशुल्क फोक्सो परिक्षण गरेको हो ।धुवाधुलोको कारण प्रहरीमा देखिने फोक्सोका लक्षणहरु चेकजाँच गर्नुको साथै उपचारको समेत व्यवस्था मिलाएको थियो । १ नं. प्रदेश ट्रा...

बमकाण्डका आरोपी आलम १५ सय कैदीसँगै नख्खु कारागारमा

बमकाण्डका आरोपी आलम १५ सय कैदीसँगै नख्खु कारागारमा
रौतहटको राजपुर बमकाण्डका आरोपी नेपाली कांग्रेसका नेता तथा संघीय सांसद मोहम्मद आफताब आलमलाई हाल राजधानीको नख्खु कारागारमा १५ सय कैदीसँगै राखिएको छ । रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएलगत्तै आलमलाई रातारात नख्खु कारगार ल्याइएको थियो । नख्खु कारागार प्रशासनले आलमलाई सामान्य कैदीलाई जसरी नै राखिएको जनाएको छ । नख्खु कारागारका प्रमुख सुरेन्द्र पौडेल आलमलाई कुनै अतिरिक्त स...