जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु
चितवन / जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति ९ः४५ बजे घर नजिकै बाटोमा हिँडिरहेको बेलामा हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट तामाङको घटनस्थलमै मृत्यु भएको हो । मृतक तामाङको शव परीक्षणका लागि भरतपुर ल्याइँदैछ ।

धादिङ बस दुर्घटनाका ४ जना घाइतेको सेनाको हेलिकोप्टरबाट उद्दार

धादिङ बस दुर्घटनाका ४ जना घाइतेको सेनाको हेलिकोप्टरबाट उद्दार
धादिङ– धादिङको नीलकण्ठ नगरपालिका–१३ मा यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जना यात्रुको सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ । नेत्रावती गाउँपालिकाको सेमजोङबाट धादिङबेसीतर्फ आउँदै गरेको बा ४ ख ५७९३ नम्बरको बस नीलकण्ठ नगरपालिकाको कैरौंजा गाउँमा दुर्घटनामा परेर घाइते भएका ५ जनामध्ये ४ जनाको सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको हो । गम्भीर घाइते ४ जनाको जिल्ला अस्पताल ध...

धनुषाबाट चाँदीसहित २ जना पक्राउ

धनुषाबाट चाँदीसहित २ जना पक्राउ
१२ असोज, जनकपुरधाम । धनुषाबाट प्रहरीले चाँदीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधामस्थित ठाकुर ज्वेलर्सका सञ्चालक सुरेश ठाकुर र भारतको बिहार राज्य अन्तर्गत मधुवनीका धिरज ठाकुर रहेका छन् । बा.११ च. १२५० नम्बरको टाटा सुमोबाट धनुषाको जटही हुँदै भारततर्फ जाँदै गर्दा शनिबार राति चेकजाँचका क्रममा उनीहरुको साथबाट ७ किलो चाँदी बरामद भएको धनुषा प्रहरीले जनाएको छ ।...

ज्यान मार्ने उद्योगका फरार अभियुक्त २४ वर्षपछि पक्राउ

ज्यान मार्ने उद्योगका फरार अभियुक्त २४ वर्षपछि पक्राउ
१२ असोज, काठमाडौं । ज्यान मार्ने उद्योगमा सजाय सुनाइएका एकजना फरार अभियुक्त २४ वर्षपछि पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका-१२ का ४९ वषर्ीय चिनवा भनिने समिम अख्तर अंसारीलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले शनिबार राति सोही उनकै गाउँबाट पक्राउ गरेको हो । अंसारीलाई सर्वाेच्च अदालतको २०५२ जेठ २५ गतेको फैसलाले ज्यान मार्ने उद्योगमा ४ वर्ष ११ महिना १० दिन सजाय सुना...

काठमाडौंबाट मनाङ जाँदै गरेको जीप लमजुङको पहिरोमा पुरियो

काठमाडौंबाट मनाङ जाँदै गरेको जीप लमजुङको पहिरोमा पुरियो
लमजुङ– काठमाडौंबाट लमजुङको बेंसीशहर हुँदै मुस्ताङका लागि हिँडेको जीप पहिरोमा पुरिएको छ । बेंसीशहर हुँदै मनाङतर्फ जाँदै गरेको बा १६ च ५०६८ नम्बरको स्कारपियो (जीप) मर्स्याङ्दी गाउँपालिका–४ स्याँगेमा गएको पहिरोमा पुरिएको हो । जीपमा ५ जना यात्रुहरु सवार रहेकोमा सबै जना भागेर बाँच्न सफल भएका जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार स्याँगेमा गएको पहिरोका कारण मना...

प्रचण्ड–ओलीबीच कुरा नमिल्दा रोकियो एकता प्रक्रिया

प्रचण्ड–ओलीबीच कुरा नमिल्दा रोकियो एकता प्रक्रिया
काठमान्डाैं / सत्तारुढ नेकपामा दुई अध्यक्षबीच कार्यविभाजनबारे कुरा नमिल्दा एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेर रोकिएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल दाहालबीच पछिल्लो समय दिनहुँजसो एक्लाएक्लै छलफल भइरहे पनि जिम्मेवारी बाँडफाँटबरे कुरा मिल्न सकेको छैन । ओली र दाहालले शुक्रबार बिहानसमेत छलफल गरेका थिए । प्रधानमन्त्री ओली स्वाथ्योपचार गराउन ...

नेपाललाई जलमार्ग प्रयोगको बाटो खुल्यो, भारतसँग भयो यस्तो सहमती

नेपाललाई जलमार्ग प्रयोगको बाटो खुल्यो, भारतसँग भयो यस्तो सहमती
काठमान्डाैं / नेपाल–भारत वाणिज्य (व्यापार) सन्धि पुनरावलोकन समितिको वैठकमा जनमार्गको एलओईमा भारत सहमत भएको छ । बैठकमा पारवहन व्यापारका सम्बन्धमा पनि छलफल भएको थियो । बैठकमा भारतीय पक्षले गंगा जलमार्गमा नेपाली पानी जहाज चलाउनेसम्बन्धी लेटर आफ एक्सचेन्जमा (एलओई)मा पनि सहमति जनाएको स्रोतले जनाएको छ । नेपाल–भारतबीचको पारवाहन सन्धिमा जलमार्गसम्बन्धी व्यवस्था समावेश नगरिएसम्म नेपाल नेपालले भारत...

काठमाडौँ भित्रिएका खसीबोकाको परीक्षण अझै सुरु भएन

काठमाडौँ भित्रिएका खसीबोकाको परीक्षण अझै सुरु भएन
काठमाडौं / काठमाडौं महानगरपालिकाले दशैंमा भित्रिएका खसीबोकालगायत चौपायाको चेकजाँच शुरू गरेको छैन। गतवर्ष घटस्थापनाको दिनबाट स्वास्थ्य परीक्षण शुरू गरेको कामपाले यो वर्ष त्यति आवश्यक नभएको भन्दै स्वास्थ्य परीक्षण नगरेको हो। दशैंमा मात्र अनुगमन गर्ने परम्पराले गाँजेको महानगरपालिकाले अहिलेसम्म प्रतिफल आउन सक्ने गरी अनुगमन गर्नसकेको छैन।महानगरका कृषि विभाग प्रमुख हरि भण्डारीले दशैंमा राजधानी ...

प्रधानमन्त्रीको निष्कर्ष : अधिकांश मन्त्रालयको कार्यसम्पादन अत्यन्तै कमजोर

प्रधानमन्त्रीको निष्कर्ष : अधिकांश मन्त्रालयको कार्यसम्पादन अत्यन्तै कमजोर
काठमान्डाैं / प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका अधिकांश मन्त्रीको कार्यसम्पादन सशक्त र प्रभावकारी हुन नसकेको निष्कर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निकालेको छ । २१ वटा मन्त्रालयमध्ये आधा बढी मन्त्रालयको कार्यसम्पादन अत्यन्तै कमजोर पाइएको प्रधानमन्त्री कार्यालयको अनलाइन मोनिटरिङले देखाएको छ । प्रधानमन्त्री र मन्त्रीबीच कार्यसम्पादन सम्झौता भएपछि प्रधानमन्त्री कार्याल...

ट्रयाक्टर पल्टिदा ११ मजदुर घाइते

ट्रयाक्टर पल्टिदा ११ मजदुर घाइते
धादिङ / सडक निर्माणको काममा गइरहेको ट्रयाक्टर दुर्घटनामा परि ११ जना मजदुर घाइते भएका छन् । धादिङबेसी सल्यानटार सडक नव कान्तिपुर कन्स्ट्रक्सन निर्माणको काम गरिरहेका मजदुर बोकेको ट्रयाक्टर शनिबार बिहान पल्टिएर दुर्घटना भएको हो । मजदुर बोकेर काम गर्ने ठाउँमा जाँदै गर्दा ना ६ त २७८० नम्बरको ट्रयाक्टर पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकार...