‘छोरा छैन, कसले हेर्छ व्यवसाय’ भन्थे, छोरीले सम्हालेर देखाइदिए
सानोमा एलिसा साहलाई 'भविष्यमा के बन्छौ' भनेर कसैले सोध्यो भने उनी सधैं भन्थिन्- बुवाको बिजनेस सम्हाल्छु।
बुवाको व्यवसाय के हो, कसरी गर्ने भन्ने भेउ नपाउने उमेरमा उनको जवाफ 'रेडिमेड' थियो।
'चिनजानका धेरै मान्छेले अमित (एलिसाका बुवा)का ३ छोरी मात्र छन्। व्यवसाय सम्हाल्ने मान्छे छैन भन्थे। त्यो सुन्दा नराम्रो लाग्थ्यो,' माइली सन्तान एलिसाले भनिन्, 'बाल्यकालमा रिसको झोंकमा भन्दिन्थेँ। पछि उद्देश...











