व्यापारी हत्या योजना प्रकरण : सार्पसुटरसहित तीन जना थुनामा
विराटनगर / विराटनगरका एक व्यापारीको हत्या गर्ने योजना बनाएर आएका भारतीय ‘सार्पसुटर’ १९ वर्षीय कुनाल कुमार सिंहसहित तीन जनालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतका न्यायधीश कृष्णमुरारी शिवाकोटीको इजालसले सिंहसहित विराटनगर – ८ का ३१ वर्षीय मन्नुकुमार गुप्ता, सर्लाही गोडैता नगरपालिकाका ५० वर्षीय हरिनारायण झालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
उनी...