खोलाले बगाउँदा एकजनाको मृत्यु

खोलाले बगाउँदा एकजनाको मृत्यु
बल्खु खोलाको बाढीमा परी एकजनाको मृत्यु भएको छ । प्रहरीले बुल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको जनाएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौँको सुकुम्बासी टोलमा बस्दै आएका निजको बाढीमा परी मृत्यु भएको हो । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भएको छ । काठमाडौँ उपत्यकामा गए राति मु...

केरलामा पहिरो अपडेट : मृत्तकको संख्या १३० पुग्यो, कम्तीमा २२० जना बेपत्ता

केरलामा पहिरो अपडेट : मृत्तकको संख्या १३० पुग्यो, कम्तीमा २२० जना बेपत्ता
नयाँदिल्ली । भारतको वायनाडमा पहिरोमा परी अहिलेसम्म १३० जनाको मृत्यु भएको छ भने अझै २२० जना सम्पर्कविहीन रहेका भारतीय सञ्चारमाध्यममा बताइएको छ । केरलाको वायनाडमा भारी वर्षाका कारण सोमबार राति ४ बस्तीमा पहिरो खसेको थियो । बिहान २ बजेदेखि ६ बजेसम्मको पहिरोको चपेटामा चार गाउँ परेका हुन् । मुण्डक्काई, चुरामाला, अट्टामाला र नूलपुजामा पनि घर, पुल...

भोजपुरमा बाढी : जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता

भोजपुरमा बाढी : जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता
अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुईजना बेपत्ता भएका छन् । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार गएरातिको बाढीले बगाउँदा जलविद्युत् आयोजनाका दुईजना कामदार हराएका हुन् । बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकु...

इलाका प्रहरी धरानका दुई हवल्दारलाई कारबाही

इलाका प्रहरी धरानका दुई हवल्दारलाई कारबाही
धरान : इलाका प्रहरी कार्यालय धरानका २ जना प्रहरी हवल्दारलाई प्रहरी आचारसंहिता विपरीत कार्य गरेकामा आन्तरिक कारबाही गरिएको छ । कारबाहीमा पर्ने प्रहरी हल्वदार जीवन राई र प्रहरी हवल्दार हेमराज सुवेदी छन् । उनीहरूलाई आन्तरिक कारबाही भई हिजो सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरी कार्यालय इनरुवा सरुवा गरिएको छ । यसबारे इलाका प्रहरी धरानका डिएसपी मानबहादुर राईलाई सम्पर्क गर्दा आफूलाई केही थाहा नभएको...

बेलायतमा बालबालिकामाथि छुरा आक्रमण, तीनको मृत्यु

बेलायतमा बालबालिकामाथि छुरा आक्रमण, तीनको मृत्यु
उत्तरी इंग्ल्यान्डमा सोमबार बालबालिकाको नृत्यकक्षामा भएको छुरी आक्रमणमा तीन बालबालिकाको मृत्यु भएको छ । प्रहरीले आक्रमणमा सात वर्षीया एलसी डोट स्ट्यानकोम्बी, नौ वर्षीया एलिस डासिल्भा एगुइयर र ६ वर्षीया बेब किङ मारिएको जनाएको छ । आक्रमणमा थप आठजना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन् । मर्सिसाइड प्रहरीका चिफ कन्स्टेबल सेरेना केनेडीले आक्रमणबाट घाइतेमध्ये पा...

भारतबाट अवैध रुपमा ल्याएको तोरीसहित एकजना पक्राउ

भारतबाट अवैध रुपमा ल्याएको तोरीसहित एकजना पक्राउ
रीले भारतबाट अवैधरुपमा भन्सार  छली ल्याएको तोरीसहित  एकजनालाई पक्राउ गरेको छ।  बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ८ स्थित कोठिया गाउँबाट भे १ त १३७८ नम्बरको ट्रयाक्टरमा भन्सार छली भारतबाट तोरी ल्याएको आरोपमा गुलरिया नगरपालिका वडा नम्बर १० बस्ने ३० वर्षीय शिवराज यादवलाई ट्याक्टरसहित नियन्त्रणमा लिएको हो । अन्दाजी ५ लाख ८० हजार बजार मुल्य बराबरको १ हजार ८ सय किलोग्राम अवैध तोरीसहित उनलाई नियन्...

लामो समय कुर्सीमा बसिरहँदा मुटु रोग र मधुमेहको खतरा हुन सक्छ?

लामो समय कुर्सीमा बसिरहँदा मुटु रोग र मधुमेहको खतरा हुन सक्छ?
कार्यालयमा होस् वा सवारीसाधनमा अथवा घरमा. धेरै मानिस दैनिक रूपमा एकै ठाउँमा लामो समय बसिरहने गर्छन्। यसरी गतिहीन भएर एकै ठाउँ लामो समय बसिरहँदा त्यसले मुटु र मधुमेहसम्बन्धी गम्भीर स्वास्थ्य समस्याहरूको खतरा बढाउन सक्छ। सन् १९५३ मा इपिडिमियोलोजिस्ट जेरेमी मोरिसले गरेको एक अनुसन्धानमा लन्डनमा बस कन्डक्टरको दाँजोमा बस चालकहरूमा मुटुसम्बन्धी रोग दुई गुणाभन्दा बढी हुने देखिएको थियो। जनसाङ्...

भारी वर्षापछि भियतनामको कोइला खानीमा पहिरो, ५ जनाको मृत्यु

भारी वर्षापछि भियतनामको कोइला खानीमा पहिरो, ५ जनाको मृत्यु
भारी वर्षाका कारण भियतनामको हा लङ बे नजिकै कोइला खानीमा पहिरो खस्दा पाँच जनाको मृत्यु भएको राज्य सञ्चालित सञ्चारमाध्यमले मङ्गलबार जनाएको छ। भियतनामको राज्यसञ्चालित होन गाई कोइला कम्पनीको खानीमा सोमबार दुर्घटना भएको समाचार माध्यम भिएनएक्सप्रेसले जनाएको छ । उद्धार टोलीले मङ्गलबार बिहान २३  देखि ४७  वर्ष उमेरका खानी मजदुरहरूको शव उद्धार गरेको हो । विपद् अधिकारीहरूले दुर्घटनाको समयमा उत्तरी क्वा...

गाउँगाउँबाट कृषि ‘एम्बुलेन्स’ले ल्याउँछ तरकारी

गाउँगाउँबाट कृषि ‘एम्बुलेन्स’ले ल्याउँछ तरकारी
पोखरा महानगरपालिका–७ माछापुच्छ्रे टोलकी आस्था गिरी सोमबार साँझ आफ्नै घरछेउमा थरीथरीका तरकारी किन्न पाउँदा मख्ख हुनुहुन्थ्यो । त्यहाँ उहाँजस्ता धेरै गृहिणीको तरकारी किन्न भीड नै लागेको थियो । कृषि एम्बुलेन्सले गाउँगाउँबाट लिएर आएका तरकारी बिक्रीका लागि पोखरा महानगरपालिकाले वडा नं ७ को रत्नचोकमा सोमबारदेखि किसान बजार सञ्चालनमा ल्याएपछि उपभोक्तामा खुसी छाएको छ । फर्सीका मुन्टा, गोलभेँडा, करेलालगाय...

आर्थिक प्रलोभन र जग्गा विवादको जालोमा पूर्व मन्त्री यादवको ह*त्या

आर्थिक प्रलोभन र जग्गा विवादको जालोमा पूर्व मन्त्री यादवको ह*त्या
 पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार, हत्या आर्थिक प्रलोभनमा परेर र जग्गा विवादको कारण गरिएको खुलेको छ। ८१ वर्षीय पूर्व मन्त्री यादवको साउन ७ गते उनकै चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित घरमा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। अनुसन्धानबाट उनकै घरमा काम गर्ने २५ वर्षीय राम उजैन रायले हत्या गरेको पुष्ट...