धरानका पुर्वमेयर ध्यानबहादुर राईको निधन

धरानका पुर्वमेयर ध्यानबहादुर राईको निधन
धरान: क्यान्सरको उपचाररत धरानका पुर्वमेयर ध्यानबहादुर राईको निधन भएको छ ।उनको आज दिउँसो करिब १ बजेतिर पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो । पुर्वमेयर राईलाई बचाउ अभियानका संयोजक एवं पत्रकार महेश श्रेष्ठका अनुसार अस्पतालको आइसियुमा उपचाररत अवस्थामा उनको निधन भएको हो । ‘आधा घण्टा अघितिर उहाँको निधन भएको हो, म अस्पताल तिर जादैछु । परिवारसँग भेट भएपछि के गर्ने भन्ने थाह हुन्छ,’श्रेष्ठले भने...

ट्रमा सेन्टर अस्पतालका लागि वेलबारी नगर प्रमुख ले २ विघा जग्गा दिने घोषणा

ट्रमा सेन्टर अस्पतालका लागि वेलबारी नगर प्रमुख ले  २ विघा जग्गा दिने घोषणा
वेलबारी,/ मोरङको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले ट्रमासेन्टर अस्पताल बनाउनका लागि २ विघा जग्गा दिने घोषणा गर्नु भएको छ । बेलबारी नगरपालिका वडा नम्बर ५ मा रहेको कसेनी स्वास्थ्य चौकीको नवनिर्मित भवन तथा ल्याव सेवाको उद्घाटन गर्दै प्रमुख सुवेदीले बेलबारी बजार नजिकै रहेको जग्गादिने घोषणा गर्नु भएको हो । बेलायती एक संस्थाले ट्रमा सेन्टर बनाउन जग्गा उपलब्ध गराउन भनेको छ प्रमुख सुव...

जनताको विकास र समृद्धिसँग जोडिएर काम गर्न मन्त्री र राज्यमन्त्रीलाई मुख्यमन्त्रीको निर्देशन

जनताको विकास र समृद्धिसँग जोडिएर काम गर्न मन्त्री र राज्यमन्त्रीलाई मुख्यमन्त्रीको निर्देशन
विराटनगर /प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको विकास र समृद्धिको चाहना पुरा हुने गरी काम गर्न मन्त्री र राज्यमन्त्रीहरुलाई निर्देशन दिएका छन् । मन्त्रीसहित आइतबार नियुक्त भएका राज्यमन्त्रीहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री राईले प्रदेशवासीको विकास र समृद्धिको चाहनालाई ध्यानमा राखेर काम गर्न निर्देशन दिएका हुन् । नवनियुक्त राज्यमन्त्रीहरुको पनि अग्निपरीक्षा सुरु भएको भन्दै मुख्य...

सभामुख निर्वाचनको प्रक्रिया सुरु गर्न कांग्रेसको माग

सभामुख निर्वाचनको प्रक्रिया सुरु गर्न कांग्रेसको माग
काठमाडौं, / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको ६ माघमा बस्ने बैठकलाई नियमित गरी सभामुख निर्वाचनको प्रक्रिया सुरु गर्न माग गरेको छ । कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले ४ पुसबाट प्रारम्भ गर्न आह्वान गरिएको संसद् अधिवेशन लगभग एक महिना बितिसक्दा पनि सभामुखको रिक्त पदको निर्वाचनलाई कारण देखाएर प्रतिनिधिसभा बैठक अवरुद्ध भइरहनु सत्तारुढ दलको कमजोरीको भएको आरोप लगाएको छ । ...

मोरङमा कांग्रेसको नेतृत्व समायोजन

मोरङमा  कांग्रेसको नेतृत्व समायोजन
विराटनगर / निर्वाचन क्षेत्र र स्थानीय तहमा मोरङ कांग्रेसको नेतृत्व समायोजन भएको छ । कांग्रेस केन्द्रीय कार्यालयको परिपत्रअनुसार समायोजन कार्य गत पुस २ गते शुरु भएको थियो । पार्टीका जिल्ला सचिव मोदराज घिमिरेले संविधान सभा निर्वाचन ताका रहेका ९ लाई ६ वटा क्षेत्रमा समायोजन गरिएको छ । यस्तै १७ स्थानीय तहमा नेतृत्व समायोजन भएको उनले बताए । संघीय निर्वाचन क्षेत्रको सभापतिमा निर्वाचन क्षेत्र...

बी एण्ड सी अस्पतालका सञ्चालक लाई पक्राउ गर्न अदालतको अनुमति

बी एण्ड सी अस्पतालका सञ्चालक लाई पक्राउ गर्न अदालतको अनुमति
काठमाडौं / जिल्ला अदालत भक्तपुरले बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको छ । प्रसाईं भने फरार छन् । २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए । त्यही मुद्दामा पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो । लगतै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेका थिए । तर उनी नभेटिएको ...

संसदलाई बन्धक बनाउन पाइँदैन : देउवा

संसदलाई बन्धक बनाउन पाइँदैन : देउवा
नेकपालाई सभामुख छनोट गर्न समस्या भए आफ्नो पार्टी सभामुख चयन गर्न तयार रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी भित्रको विवादले संसदलाई बन्धक बनाउन नपाइने बताए । नेकपाले सभामुखमा सहमति गर्न नसके आफूलाई दिनुपर्ने उनको भनाइ थियो । ‘नेकपाले सभामुख चयन गर्न सकेको छैन्,’ उनले भने, ‘उहाँहरू मिल्न सक्नुहुन्न भने हामी...

प्रचण्ड भन्छन् ‘रेशम चौधरी छिट्टै छुट्छन्’

प्रचण्ड भन्छन् ‘रेशम चौधरी छिट्टै छुट्छन्’
काठमाडौं / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रेशम चौधरीलाई छिट्टै छुटाइने आश्वासन दिएका छन् । टीकापुर घटनामा दोषी ठहर भएर जेल जीवन बिताइरहेका चौधरीलाई आफूले पक्राउ अघि प्रधानमन्त्री हुँदा भारत नै पुगेर र पक्राउ परेपछि डिल्लीबजार कारगारमै पुगेर पक्राउ गरेको स्मरण गर्दे उनले छिट्टै छुटाउन पहल गर्ने बताए । अध्यक्ष प्रचण्डले सभामुख, सरकार र पार्टीलाई भने...

डा. शेखर कोइरालाले गरे प्रदेश १ का जनप्रतिनिधिहरुसंग छलफल

डा. शेखर कोइरालाले गरे प्रदेश १ का जनप्रतिनिधिहरुसंग छलफल
विराटनगर /राजनितिमा दरिलो छवी बनाउदै आएका नेपाली कांगेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रदेश १ का जनप्रतिनिधिसंग कोइराला निवास विराटनगरमा छलफल गरेका छन् । प्रदेश १ का विभिन्न स्थानीय तहमा कांग्रेसका तर्फबाट विजयी भएका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरुसंग निवासमा समसामयिक राजनीतिको विषयमा छलफल गरिएको हो । छलफलमा महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहर...

मोरङमा नेकपाका स्थानीय तहका इञ्चार्ज तोकिए

मोरङमा नेकपाका स्थानीय तहका इञ्चार्ज तोकिए
नेकपा माेरङले १६ वटा स्थानीय तहकाे इञ्चार्ज ताेकेकाे छ । बेलबारी नगरपालिका इञ्चार्जमा इरान राई, रंगेली नगरपालिका इञ्चार्जमा दिपिल बगडिया, लेटाङ नगरपालिका इञ्चार्ज भुपेन्द्र लावती, पथरीशनिश्चरे नगरपालिका इञ्चार्जमा दीननाथ तिम्सिना तोकिएका छन् । जहदा गाउँपालिका इञ्चार्जमा श्याम मण्डल, कटहरी गाउँपालिका इञ्चार्जमा प्रदिप साह, केरावारी गाउँपालिका इञ्चार्जमा टेकबहादुर लिम्बु, बुढीगंगा गाउँपालिका ...