प्रदेश तीनको नाम वाग्मती, राजधानी हेटौंडा
तीन नम्बर प्रदेशको राजधानी हेटौंडा र नाम वाग्मती तोकिएको छ । आइतबार ३ नम्बर प्रदेशसभाको बैठकले राजधानी र नामको टुंगो लगाएको हो । हेटौंडामा भएको प्रदेशसभाको बैठकमा प्रदेश सरकारले राजधानी हेटौंडा राख्ने विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच एकमत भएका थिए ।
प्रदेशको नाममा एउटा मात्र प्रस्ताव वागमती दर्ता भएको थियो । कांग्रेस संसदीय दलका नेता ई...