रुसी सेनामा ३४ नेपाली मारिए ,आधा दर्जन युक्रेनमा बन्धक

रुसी सेनामा ३४ नेपाली मारिए ,आधा दर्जन युक्रेनमा बन्धक
रुसी सेनामा भर्ती भएकामध्ये अहिलेसम्म ३४ नेपालीको मृत्यु भएको पुष्टि भएको छ । यस्तै, पाँच जना घाइते भएर उतै उपचाररत रहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिएकी छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधबार बसेको बैठकमा उनले उक्त जानकारी दिएकी हुन् । मृत्यु भएकाहरूको शव नेपाल झिकाउन २२ जनाको डीएनए परीक्षणका लागि पठाइएको छ । रुसी सेनाको पक्षबाट लडिरहेका ६ जना नेप...

विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा

विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा
गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका विपन्न तथा दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुआत गरेको छ ।   चालु आर्थिक वर्ष २०८१-८२ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रममार्फत आवश्यक बजेट विनियोजन गरी पालिकाभित्रका सबै विपन्न र दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न थालनी गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए।  ‘स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका दलित तथा व...

पाइलट शाक्यको अवस्था सामान्य छ : केएमसी अस्पताल

पाइलट शाक्यको अवस्था सामान्य छ : केएमसी अस्पताल
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था सामान्य रहेको अस्पताले जनाएको छ । उनको काठमाडौं मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनको अनुहार, आँखा, नाक तथा टाउकोमा चोटहरू, ढाडमा एउटा हड्डी भाँचिएको तथा देब्रे पट्टिको ३ वटा करङहरु भाँचिएको अस्पतालले जनाएको छ । केएमसी अस्पताल निर्देशक डा.मीना थापाले प्रेस विज्ञप्ति जारी गर्दै पाइटल शाक्यको अनुहार, ना...

समाज र समुदायमा महिला अगाडि

समाज र समुदायमा महिला अगाडि
गोरखाको दुर्गम गाउँ धार्चे—१ हुलचुक दोभानको गणेश हिमाल आधारभूत विद्यालय भूकम्पका कारण जीर्ण भएको थियो । त्यतिबेला उचित मर्मतसम्भार हुन पाएन । अहिले पहाडटच नेपालनामक संस्था र गाउँपालिका मिलेर सुरक्षित स्थलमा स्थानान्तरण गरी शिलाचेतमा भवन निर्माण गरेका छन् । गाउँको विद्यालय पुनर्निर्माण गर्न स्थानीय अभिभावकले श्रमदान गर्न कटुवालले उर्दी जारी गर्‍यो । ६० जनाभन्दा धेरै स्थानीय अभिभावक श्रमदानमा धुर...

सौर्य जहाज दुर्घटनाका मृतकको टिचिङ अस्पतालमा पोस्टमार्टम सुरु

सौर्य जहाज दुर्घटनाका मृतकको टिचिङ अस्पतालमा पोस्टमार्टम सुरु
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको पोस्टमार्टम सुरु गरिएको छ । जहाज दुर्घटनामा मृत्यु भएका १८ जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा शवको पोस्टमार्टम गर्न थालिएको हो । पोस्टमार्टमका लागि तीन टोली खटिएका छन् । मृतकका आफन्त र सौर्य एयरलाइन्सका प्रतिनिधि अस्पताल पुगेपछि पोस्टमार्टम सुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ । सबै शवको पोस्टमार्टम गरेर तीन दिन पछि मात्र आफन...

सौर्यको जहाज दुर्घटनामा बाबुआमा र नाबालकले गुमाए ज्यान

सौर्यको जहाज दुर्घटनामा बाबुआमा र नाबालकले गुमाए ज्यान
मर्मतका लागि भन्दै काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीनजनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा बाबुआमासहित नाबालक छोरा पनि रहेका छन् । यो दु्र्घटनामा सौर्य एयरलाइन्समा प्राविधिक मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माले ज्यान गुमाएका हुन् । प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटर थिइन् । उनी नेकपा एकीकृत समाजवादीको प्रचार व...

सुरक्षाकर्मीले कन्टेनरबाट निकालेका थिए सौर्यका घाइते पाइलटलाई

सुरक्षाकर्मीले कन्टेनरबाट निकालेका थिए सौर्यका घाइते पाइलटलाई
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाँचेका एक मात्रै व्यक्तिलाई उद्धारकर्मीले थोत्रे भएर फ्याँकिएको कन्टेनर भित्रबाट निकालेको खुलेको छ। त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख डीआईजी रामदत्त जोशीले पाइलट शाक्यलाई जहाजको ककपिट भाँचिएपछि कन्टेनरमा खसेको अवस्थामा उद्धार गरिएको बताए। बुधबार बिहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडेको जहाज दुर्घटनामा त्यसमा सवार १९ मध्ये १८ जनाको ज्यान गएको छ । दुर्घटना...

काँकडभिट्टाबाट १५ अर्बको चिया, अलैची र अदुवा निर्यात

काँकडभिट्टाबाट १५ अर्बको चिया, अलैची र अदुवा निर्यात
पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ । उक्त अवधिमा १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार  बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको छ । आर्थिक वर्ष २०८०/८१ मा  काँकडभिट्टाबाट छ अर्ब ९८ करोड ८८ लाख मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चनद्रेश्वर यादवले बताए। यो न...

एकसिङ्गे पोथी गैँडा मृत फेला

एकसिङ्गे पोथी गैँडा मृत फेला
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमापर्ने भरतपुर महानगरपालिका–२६ भगडीमा आज दुर्लभ एकसिङ्गे पोथी गैँडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको कालाबञ्जर मध्यवर्ती उपभोक्ता सामुदायिक वन क्षेत्रमा बुढो उमेरको देखिने पोथी गैँडा मृत फेला परेको हो । मृत गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीले जानकारी दिए । उनले मृत गैँडाको शरीरमा च...

भुक्तानी नपाएपछि किसानले दूध उत्पादन गर्न छाडे

भुक्तानी नपाएपछि किसानले दूध उत्पादन गर्न छाडे
यहाँका दूध उत्पादक किसानहरूले दूध उत्पादन गर्न छाडेका छन् । विगत छ महिनादेखि दूधको भुक्तानी नपाएका किसान उत्पादन वृद्धि हुने समयमासमेत उत्पादन वृद्धिमा ध्यान दिन छाडेका हुन् ।  चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष किशोर बगालेका अनुसार बजारीकरणमा समस्या हुने देखिएपछि जिल्लाका दुग्ध उत्पादक किसानले दूध उत्पादन वृद्धि हुने समयमा पनि उत्पादन बढाउन चासो नदेखाएका हुन ।  बगाले...