२४८ किसानलाई दुग्ध उत्पादनमा १९ लाख अनुदान

२४८ किसानलाई दुग्ध उत्पादनमा १९ लाख अनुदान
सिन्धुलीका व्यावसायिक दुग्ध उत्पादन गर्ने किसानलाई १९ लाख रुपैयाँ बढी अनुदान प्रदान गरिएको छ। जिल्लाको कमलामाई नगरपालिका र गोलन्जोर गाउँपालिकाले व्यावासयिक रूपमा दूध उत्पादन गरी बिक्री गर्ने २ सय ४८ जना किसानलाई १९ लाख १२ हजार २ सय ३४ रुपैयाँ ४ पैसा अनुदान प्रदान गरेका हुन्। कमलामाई नगरपालिकाले वडा नम्बर ३ का १ सय ५० जना किसानहरूलाई ७ लाख १२ हजार ८ सय १८ रुपैयाँ र गोलन्जोर गाउँपालिकाले ९८ जना क...

जन्ती चढेको स्कारपिओ दुर्घटना, २ जनाको मृत्यु

जन्ती चढेको स्कारपिओ दुर्घटना, २ जनाको मृत्यु
गढिमाई नगरपालिका  ६ सिंगारमन मा जन्ती बोकेको भारतीय नम्बरको स्कार्पियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं घर भएका ५५ वर्षीय कुलबहादुर श्रेष्ठ र सर्लाही चक्रघट्टा गाउँपालिका ३ सुन्दरपुर बस्ने रविन्द्र पंडितको ७ वर्षीया छोरी स्वेता पंडित रहेको रौतहट जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिएका छन्। ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीका...

घाँसखेती गर्ने ३७ किसानलाई अनुदान

घाँसखेती गर्ने ३७ किसानलाई अनुदान
जिल्लाको भानु नगरपालिकाले पशुपालक ३७ जना किसानलाई घाँसखेती अनुदान प्रदान गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा घाँसखेती विस्तार कार्यक्रमअन्तर्गत प्रतिरोपनी तीन हजार रुपैयाँका दरले किसानलाई अनुदान वितरण गरिएको हो । पशुपालक ३७ जना किसानले एक सय ८५ रोपनी क्षेत्रफलमा घाँसखेती गरेबापत कुल पाँच लाख ५५ हजार रुपैयाँ अनुदान प्रदान गरिएको पशु विकास शाखाका प्राविधिक अमित ढुङ्गानाले बताए । नगरपालिकासँगको समन्व...

मोरङमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

मोरङमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
मोरङमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–१० डाँस खोलामा बिहीबार साँझ दुर्घटना भएको हो । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ क ५०६३ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश–१–०२–०४० प ७८७५ नम्बरको स्कुटरलाई साँझ ६:१० बजेतिर ठक्कर दिएको थियो । टिपरको ठक्करबाट स्कुटर चालक इलामको चुलाचुली गाउँपालिक...

अविरल वर्षासँगैको बाढीपहिरोबाट एक सय एक जनाको मृत्यु

अविरल वर्षासँगैको बाढीपहिरोबाट एक सय एक जनाको मृत्यु
देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोलगायत विपद्मा परी हालसम्म एक सय एक जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गते बिहान ९ बजेदेखि आज असार २८ गते बिहान ८ बजेसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी एक सय एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘जेठ २८ गते बिहान ९ बजेदेखि आज बिहान ८ बजेस...

मोरङको सुन्दरहरैँचाका पुरुषको हत्यामा संलग्न दम्पती गेस्ट हाउसबाट पक्राउ

मोरङको सुन्दरहरैँचाका पुरुषको हत्यामा संलग्न दम्पती गेस्ट हाउसबाट पक्राउ
मोरङको सुन्दरहरैँचा नगरपालिका १ स्थित कुखुरा फार्मका सञ्चालकको हत्यामा संलग्न दम्पतीलाई प्रहरीले गेस्ट हाउसबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ४ घर भइ कुखुरा फार्ममा काम गर्दै आएका ३५ वर्षीय छिरिङ भनिने सुनील तामाङ र उनकी श्रीमती ३३ वर्षीया प्रनिसा पाँचकोटी रहेका छन् । प्रहरीका अनुसार डेढ महिना अघिदेखि कुखुरा फार्ममा काम गर्दै आएका दम्पतीले फार्मका सञ्चालक सुन्दरहरैँचा नगर...

मोटरसाइकल दुर्घटना एकजनाको मृत्यु

मोटरसाइकल दुर्घटना एकजनाको मृत्यु
झापाको पाडाजुँगी–गौरीगञ्ज सडकखण्डस्थित सीतापुरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज बिहानको राति १ बजे गौरादह–१ सीतापुरीस्थित पाडाजुँगी–गौरीगञ्ज सडकखण्डमा पाडाजुँगीबाट गौरादहतर्फ जाँदै गरेको लु ९ प. १२७१ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा कमल ठाकुरको मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भएर सडकको पूर्व दिशामा रहेको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा मो...

भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते
दाङको देउखुरीमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । लमही नगरपालिका वडा नम्बर ६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट छोट्की महरवा निवासी ४७ वर्षीय शोवारी घर्ती मगर गम्भीर घाइते भएकी हुन् । उनको अनुहारमा गम्भीर चोट लागेको छ भने दुवै हात भाँचिएको छ । घर्तीको लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल लगिएको छ । बिहीबार बिहान करिब स...

मोरङमा कुखुरा फार्मभित्र सञ्चालकको हत्या

मोरङमा कुखुरा फार्मभित्र सञ्चालकको हत्या
मोरङको सुन्दरहरैँचामा कुखुरा फार्मभित्र सञ्चालकको हत्या भएको छ।  बिहीबार बिहान सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको हत्या गरेको अवस्थामा शव फेला परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए। घरनजिकै कुखुरा फार्म सञ्चालन गर्दै आएका बजगाईंको त्यही फार्मभित्र बिहान करिब साढे १० बजे शव भेटिएको कार्कीले बताए। बजगाईंको टाउको तथा शरीरका अन्य भागमा गहिरो चोट द...

मुसा मार्ने विष खाँदा गुल्मीमा चार वर्षीया बालिकाको मृत्यु

मुसा मार्ने विष खाँदा गुल्मीमा चार वर्षीया बालिकाको मृत्यु
गुल्मीमा मुसा मार्न प्रयोग गरिने विष सेवन गर्दा एक बालिकाको ज्यान गएको छ ।  जिल्लाको इस्मा गाउँपालिका -१ ठाँटीकाचौरकी सपना सुनारकी चार वर्षीया छोरी प्रिन्सा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मुसा मार्न प्रयोग हुने मलहम सेबन गर्दा सोही गाउँकी  अर्की बालिका गम्भीर बिरामी भएकी छन् । बसन्धुरा सुनारकी पाँच वर्षीया छोरी दिपसिखा सुनार गम्भीर बिरामी भएको जिल्ला प्रहरी कार्य...