एक मुखे रुद्राक्ष र हनुमाने पैसा सहित इटहरीबाट भुसेन पक्राउ

एक मुखे रुद्राक्ष र हनुमाने पैसा सहित इटहरीबाट भुसेन पक्राउ
इटहरी / एक मुखे रुद्राक्ष र हनुमाने पैसा सहित इलाका प्रहरी कार्यलय इटहरीले एक जना व्यक्ती पक्राउ गरेको छ । इटहरी ८ का २५ बर्षिय सदा भुषेन मियालाइ इटहरीबाट पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे छ । विभिन्न व्यक्तिहरुलाई रुद्राक्ष देखाउदै बेच्दै ठगी गरेको आरोपमा मियालाई पक्राउ गरेको प्रहरी इन्स्पेक्टर वुद्दी चौलागाईले बताए । मियालाई अनुसन्धन्धानको लागि प्रहरी कार्यलय इटहरीमा राखिएको प्रहरीले जना...

८९ किलो गाँजासहित पर्साबाट चार भारतीय पक्राउ

८९ किलो गाँजासहित पर्साबाट चार भारतीय पक्राउ
पालबाट भारततिर लैजाँदै गरिएको ८९ किलो गाँजासहित पर्सा प्रहरीले चार जना भारतीयलाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका २५ स्थित ड्राइपोर्ट बहुअरी सडकखण्डबाट बिआर २८ जी २७७० नम्बरको बलेरो गाडीसहित चार जना भारतीयलाई मंगलबार पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए। राठौरका अनुसार पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला विसनपुर वडा नम्बर ३ का ३१ वर्षीय नुर मोहम्मद हुसेन, ...

स्पेन पठाउने भन्दै छ जनासँग २० लाख लिएर फरार

स्पेन पठाउने भन्दै छ जनासँग २० लाख लिएर फरार
माेरङ /  आकर्षक कमाई हुने भनेर प्रलोभनमा पार्दै स्पेन पठाउने भनेर एउटै परिवार भित्र नाता सम्बन्ध पर्ने छ जना व्यक्तिसँग २० लाख १८ हजार पाँच सय रुपैयाँ पैसा असुलेपछि एक युवा फरार भएका छन् । विराटनगर पिचरा घर भई सुनसरीको इटहरीस्थित कान्छी चोकमा बस्दै आएका २४ वर्षीय रोशन श्रेष्ठ गैली वैदेशिक रोजगारीका लागि स्पेन पठाइदिने भन्दै पैसा उठाएर एक वर्षदेखि फरार बनेका हुन् । गैलीका विरुद्ध सोमबार श्रम ...

इटहरी ट्राफिक प्रहरीलाई ‘राडार गन’

इटहरी ट्राफिक प्रहरीलाई ‘राडार गन’
इटहरी, सवारीसाधनको गति मापन गर्ने ४८ लाख १७ हजार १ सय ९० रूपैयाँको ७ सेट ‘राडार गन’ १ नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरीलाई प्रदेश सरकारले प्रदान गरेको छ ।  सडक सुशासन कार्यक्रम अन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयले राडार गनसहित अन्य सामग्रीहरू प्रदान गरेको हो । प्रदेश सरकारले प्रविधिमैत्री सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले विभिन्न तीनवटा सामग्री ७७ लाख ९ हजार ९ सय ९...

प्रतिनिधिसभाको बैठकमा काङ्ग्रेस र राजपाकाे अवरोध

प्रतिनिधिसभाको बैठकमा काङ्ग्रेस र राजपाकाे अवरोध
काठमाडौँ / प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का सांसदहरुले नाराबाजी गर्दै प्रतिनिधिसभाको आजको बैठक अवरोध गरेका छन् । प्रमुख प्रतिपक्ष काङ्ग्रेस र राजपाका सांसदले संसदीय समिति गठनको माग गर्दै आ–आफ्नो आसनबाट उठेर विरोध गरेका थिए । सभामुख कृष्णबहादुर महराले बैठकको नियमित कार्यसूचीमा प्रवेश गर्ने बताएपछि काङ्ग्रेस र राजपाका सांसद सभामुखको आसन अगाडिको रोष्टममा ...

रकम चोरी गर्ने पक्राउ

रकम चोरी गर्ने पक्राउ
विराटनगर / घर फुटाएर रकम चोरी गर्ने मोरङको कटहरी गाउँपालिका–१ का २२ वर्षीय सुरज कामतलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१ का मोतीराज दाहालको घरबाट १३ लाख ५० हजार रुपैयाँ चोरी गरेको घटनामा संलग्न रहेको पाइएपछि कामतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दाहालको घरबाट साउन ७ गते रकम चोरी भएको थियो । विराटनगर–१ बाटै पक्राउ परेका कामतको साथबाट तीन लाख ८१ हजार रुपैयाँ नगद र एक लाख ...

कुवेतमा २८ नेपालीको बास सडकमा

कुवेतमा २८ नेपालीको बास सडकमा
दोहा / म्यानपावर व्यवसायीको चरम लापरबाहीले कुवेतमा २८ जना नेपाली अलपत्र परेका छन् । काठमाडौंको सिनामंगलमा रहेको सारोन म्यानपावर सिर्भिसेसबाट कुवेत पुगेका २८ नेपालीहरु सडकमा रात बिताईरहेका छन् । सारोन म्यानपावर मार्फत गत अप्रिलमा कुवेतको एक कम्पनीमा काम गर्न पुगेका उनीहरु अहिले अलपत्र परेका छन् । म्यानपावरले पिडितहरुबाट प्रतिव्यक्ति जनही १ लाख ८० हजार रुपैयाँ लिएको बताएका छन् । कुवेत पुगेक...

करेन्ट लागेर झापामा एकको मृत्यु

करेन्ट लागेर झापामा एकको मृत्यु
झापा   कन्काई नगरपालिका सेल्फीडाँडा-२ बस्ने १९ बर्षीय सोम किस्कुको करेन्ट लागी मृत्यु भएको छ । सोमबार बिहान टेक नारायण संग्रौलाको प्लटिङ जग्गामा काम गर्ने क्रममा खेतमा राखेको पानी तान्ने मोटरको नाङ्गो तारमा परी करेन्ट लाग्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङगा ले जनाएको छ ।

भदौरे पुर्णीमाको अबसरमा खेलकुद पर्यटन मेला

भदौरे पुर्णीमाको अबसरमा खेलकुद पर्यटन मेला
तेह्रथुम / जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर सुक्रबारे बजारमा ऐतिहाँसिक भदौरे पुर्णीमाको अबसरमा खेलकुद पर्यटन मेलाको आयोजना हने भएको छ । “खेलकुद,कला र संस्कृती हाम्रो सान समृद्ध छथर निमार्ण गर्ने हाम्रो अभीयान” भन्ने मुल नाराका साथ परम्परादेखी लाग्दै आएको मेलाको अबसरमा छथरलाई खेलकुद क्षेत्रबाट पर्यटन बिकास गर्ने उदेश्यका साथ खेलकुद पर्यटन मेलाको आयोजना गर्न लागीएको हो । छथर गाउँपालिकाको आर्...

धरानका अग्रवाल भए फेस अफ मारवाडी

धरानका अग्रवाल भए फेस अफ मारवाडी
धरान । धरानका राहुल अग्रवाल मिस्टर फेस अफ मारवाडीको दोश्रो संस्करणमा विजेता बन्न सफल भएका छन । उनी सँगै मिस फेस अफ मारवाडीको विजेता काठमाण्डौंकी निशा अग्रवाल घोषित भईन । काठमाण्डौमा भएको फाइनलमा आफ्नो उत्कृष्ट प्रतिभा प्रदर्शन गरी उनीहरुले निर्णायकहरुको मन जित्दै बिजयी भएका हुन । दुबैले फेस अफ मारवाडीको उपाधिसँगै ५० हजार नगद र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे । फेस अफ मारवाडीको दोस्रो सिज...