तलब रोकिने सूचनापछि बल्ल प्यान नम्बर लिँदै सांसदहरू
सरकारले तलब लिन स्थायी लेखा नम्बर अर्थात् प्यान अनिवार्य गरेपछि सांसदहरूले धमाधम प्यान लिन थालेका छन्।
संघीय संसद सचिवालयले तलबका लागि प्यान नम्बर अनिवार्य भएको र नबुझाए तलब रोकिने भन्दै सूचनामार्फत् सांसदहरूलाई सचेत गराएको थियो।
‘आधा सांसदहरूसँग पहिला नै प्यान नम्बर रहेछ’, संघीय संसद सचिवालयका लेखा शाखा प्रमुख वसन्तराज सिग्देलले सेतोपाटीसँग भने, ‘केही सांसदहरूले भर्खरै आफ्नो प्यान नम्बर बुझ...










