२४८ मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजना निर्माणका लागि आशय पत्र आह्वान

२४८ मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजना निर्माणका लागि आशय पत्र आह्वान
काठमाडौं / विद्युत् विकास विभागले २४८ मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजना निर्माणका लागि आशय पत्र आह्वान गरेको छ। विभागले बुधबार सावर्जनिक सूचना जारी गर्दै निजी क्षेत्रको सहभागितामा आयोजना निर्माण गर्न यस्तो आशय पत्र (ईओआई) आह्वान गरेको हो। पुनः प्रकाशित सूचनामार्फत विभागले निर्माण, संचालन र हस्तान्तरण (बुट) मोडेलमा आयोजना निर्माणका लागि इच्छुक र योग्य नेपाली जलविद्युत् कम्पनीहरू...

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ। मुख्य टनेलको कुल एक हजार ०८९ मिटरमा इन्भर्टको निर्माण कार्य सकिएको सुरुङमार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले जानकारी दिए। उनले भने, “इन्भर्ट निर्माणको काम बुधबारदेखि सकिएको छ । ‘लाइनिङ’को काम धमाधम अगाडि बढाइरहेका छौं। हालसम्म लाइनिङको काम ८३४ मिटर सकिएको छ।” सिद्धार्थ राजमार्ग...

फलामको खोरमा ११ वर्षे बालक

फलामको खोरमा ११ वर्षे बालक
सडक छेउमा रहेको रुख नजिकै एउटा फलामे खोर बनाइएको छ। त्यही खोरभित्र थुनिएर जीवनका खुसी भेटाउने प्रयासमा छन्, बालक पवन कुमाल। पाल्पाको रामपुर नगरपालिका–६ स्थित तिलकपुर बस्ने ११ वर्षीय पवन करिब डेढ वर्षदेखि फलामको खोरमा जीवन बिताइरहेका छन्। उनको यो उमेर विद्यालयमा गएर लेखपढ गर्ने, साथीभाइसँग रमाउँदै नयाँ कुरा सिक्ने र जान्ने हो। बोल्न नसक्ने तर कोही मान्छे देख्यो भने मुस्कुुराउँदै हातले इशारा गरेर...

बुढीगंगामा सरफ, साबुन र फिनेल बनाउने तालिम सम्पन्न

बुढीगंगामा सरफ, साबुन र फिनेल बनाउने तालिम सम्पन्न
बुढीगंगा / मोरङको बुढीगंगा गाउँपालिकामा सरफ, साबुन र फिनेल बनाउने तालिम समापन भएको छ । बुढीगंगा अपाङ्गता संरक्षण समाजको आयोजना तथा बुढीगंगा गाउँपालिकाको सहयोगमा एक हप्तासम्म संचालन भएको तालिम मंगलबार समापन भएको हो । बुढीगंगाका नागरिकलाई उद्यमी र स्वरोजगारी बनाउने उद्देश्यका साथ तालिम संचालन गरिएको गाउँपालिकाका अध्यक्ष जीत नारायण थापा मगरले बताउनु भयाे । गाउँपालिकाले विभिन्न प्रकारका तालिमह...

SEE मा 4 GPA ल्याएकी देवयानी गौतमको प्रधानमन्त्री ओलीलाई अपिल: “शिक्षामा सस्तो राजनीति नगर्नुहोस्।

SEE मा 4 GPA ल्याएकी देवयानी गौतमको प्रधानमन्त्री ओलीलाई अपिल: “शिक्षामा सस्तो राजनीति नगर्नुहोस्।
SEE मा 4 GPA ल्याएकी देवयानी गौतमको प्रधानमन्त्री ओलीलाई अपिल: "शिक्षामा सस्तो राजनीति नगर्नुहोस्।"🙏 देवयानी भन्छिन् - यस पटक वि.सं २०८१ सालको एस.ई.ई नतिजालाई वि.स २०८० सालको नतिजासँग दाजेर सस्तो राजनीति नगर्नुहुन हामी सबैका प्रिय सम्माननीय प्रधानमन्त्री K P Sharma Oli ज्यूलाई अनुरोध गर्न चाहन्छु। म वि.स २०८१ सालमा एस.ई.ई परीक्षा दिएर जि.पि.ए ४ ल्याउन सफल विद्यार्थी मध्य एक हुँ र मैले २०८० र २०८...

मामाघरबाट फर्किएका युवा धनकुटामा मृत फेला

मामाघरबाट फर्किएका युवा धनकुटामा मृत फेला
विराटनगर । मामाघरबाट आफ्नो घरतिर फर्किएका भोजपुर घर भएका १ जना युवा धनकुटामा मृत फेला परेका छन् । भोजपुरको अरुण गाउँपालिका–७ का २७ वर्षीय सागर थापा मृत फेला परेको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनका अनुसार सागर झापास्थित मावली घरबाट गत सोमबार भोजपुर आफ्नो घर फर्किएको पाइएको छ । घर नपुगेपछि परिवारका सदस्य र आफन्तले खोजी थालेका थिए । खोजी गर्ने क्रममा धनकुटाको पाख्...

सुनसरीमा मापसे गरेको समूहबीच दोहोरो झडप, ४ जना घाइते

सुनसरीमा मापसे गरेको समूहबीच दोहोरो झडप, ४ जना घाइते
विराटनगर । सुनसरीमा मादक पदार्थ सेवन (मापसे) गरेको २ समूहबीच दोहोरो झडप हुँदा ४ जना घाइते भएका छन् ।दुहबी नगरपालिका–७ भलुवामा २ पक्षबीच झडप प्रहरीले जनाएको छ । दुहबी–७ का २५ वर्षीय इन्द्र पासवान र दुहबी–७ कै मुकेश ऋषिदेवको समूहबीच मंगलबार राति १०ः३० बजेतिर झडप भएको हो । झडपमा पासवान घाइते भएका छन् । अर्को पक्षका ऋषिदेवसहित दुहबी–७ का रविना ऋषिदेव र ३५ वर्षीय गेना ऋषिदेव घाइते भएको प्रहरीले ...

सर्पले टोकेर घाँस काट्न गएकी महिलाको मृत्यु

सर्पले टोकेर घाँस काट्न गएकी महिलाको मृत्यु
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्याहर्षाहीमा सर्पले डसेर १ जना महिलाको मृत्यु भएको छ । सर्पले टोकेर घाँस काट्न गएकी ५५ वर्षीया कल्सी मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ । घाँस काट्न जाने क्रममा मंगलबार साँझ ६ः३० बजेतिर उनलाई सर्पले डसेको थियो ।सर्पले टोकेर घाइते भएकी उनलाई घरमा लगेर राखिएको थियो । अवस्था गम्भीर बन्दै गएपछि उपचारका लागि लैजाने क्रममा राति ८ः२० बजेतिर उनको मृत्यु भ...

सय बढेको सुनको मूल्य आज पनि बढ्यो

सय बढेको सुनको मूल्य आज पनि बढ्यो
हिजो बढेको सुनको मूल्य आज पनि बढेको छ। चाँदीको मूल्य भने आज घटेको छ। सुनको मूल्य आज प्रतितोला एक हजार दुईसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य तोलाको दुई हजार चारसय रुपैयाँ बढेको थियो। मूल्य बढेर आज सुन तोलाको एक लाख ९१ हजार सातसय रुपैयाँमा किनबेच भइरहेको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ९० हजार पाँचसय रुपैयाँ थियो। सुनको मूल्य गएको शुक्रबारद...

बुढीगंगामा वृहत वृक्षरोपण

बुढीगंगामा वृहत वृक्षरोपण
मोरङको बुढीगंगा गाउँपालिकामा वृक्षरोपण गरिएको छ । टंकी सिनवारी जेसिज , लायन्स क्लब अफ टंकीसिनवारी ग्रिनसिटी र गाँउपालिकाको संयुक्त आयोजनामा वृक्षरोपण गरिएको हो । मंगलबार बुढीगंगा गाउँपालिका–२ सख्मामा गाउँपालिकाका अध्यक्ष जीत नारायण थापा मगरको उपस्थितिमा वृक्षरोपण गरिएको हो । गाउँपालिकालाई हराभरा र स्वच्छ बनाउने अभियान अन्तरगत वृक्षरोपण अभियान सुरु गरिएको जनाइएको छ । वृक्षरोपण कार्यक्रममा ...