डा. शेखर कोइरालाले गरे प्रदेश १ का जनप्रतिनिधिहरुसंग छलफल

डा. शेखर कोइरालाले गरे प्रदेश १ का जनप्रतिनिधिहरुसंग छलफल
विराटनगर /राजनितिमा दरिलो छवी बनाउदै आएका नेपाली कांगेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रदेश १ का जनप्रतिनिधिसंग कोइराला निवास विराटनगरमा छलफल गरेका छन् । प्रदेश १ का विभिन्न स्थानीय तहमा कांग्रेसका तर्फबाट विजयी भएका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरुसंग निवासमा समसामयिक राजनीतिको विषयमा छलफल गरिएको हो । छलफलमा महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहर...

मोरङमा नेकपाका स्थानीय तहका इञ्चार्ज तोकिए

मोरङमा नेकपाका स्थानीय तहका इञ्चार्ज तोकिए
नेकपा माेरङले १६ वटा स्थानीय तहकाे इञ्चार्ज ताेकेकाे छ । बेलबारी नगरपालिका इञ्चार्जमा इरान राई, रंगेली नगरपालिका इञ्चार्जमा दिपिल बगडिया, लेटाङ नगरपालिका इञ्चार्ज भुपेन्द्र लावती, पथरीशनिश्चरे नगरपालिका इञ्चार्जमा दीननाथ तिम्सिना तोकिएका छन् । जहदा गाउँपालिका इञ्चार्जमा श्याम मण्डल, कटहरी गाउँपालिका इञ्चार्जमा प्रदिप साह, केरावारी गाउँपालिका इञ्चार्जमा टेकबहादुर लिम्बु, बुढीगंगा गाउँपालिका ...

विदाको दिन सरकारी गाडीको चरम दुरुपयोग,पक्राउ गर्दै ट्राफिक प्रहरी

विदाको दिन सरकारी गाडीको चरम दुरुपयोग,पक्राउ गर्दै ट्राफिक प्रहरी
विराटनगर/ सार्वजनिक बिदाको दिन सरकारी कर्मचारीले सरकारी सवारीसाधन दुरूपयोग गर्ने गरेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले शनिबार बिदाको दिन विराटनगर महानगरपालिकाबाट चेकजाँचको क्रममा सरकारी नम्बर प्लेटका सवारी साधन नियन्त्रणमा लिएपछि यस्तो खुलेको हो । पछिल्लो समय सरकारी सवारीको दुरुपयोग बढ्दै गएको छ । सरकारी कर्मचारीले आफ्नो निजी प्रयोगका लागि समेत सरकारी सवारी साधन प्रयोग गर्ने गर...

प्रदेश तीनको नाम वाग्मती, राजधानी हेटौंडा

प्रदेश तीनको नाम वाग्मती, राजधानी हेटौंडा
तीन नम्बर प्रदेशको राजधानी हेटौंडा र नाम वाग्मती तोकिएको छ । आइतबार ३ नम्बर प्रदेशसभाको बैठकले राजधानी र नामको टुंगो लगाएको हो । हेटौंडामा भएको प्रदेशसभाको बैठकमा प्रदेश सरकारले राजधानी हेटौंडा राख्ने विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच एकमत भएका थिए । प्रदेशको नाममा एउटा मात्र प्रस्ताव वागमती दर्ता भएको थियो । कांग्रेस संसदीय दलका नेता ई...

ओली-प्रचण्डले बोलाएपछि बालुवाटारमा पुगिन् उपसभामुख तुम्बाहाङ्फे

ओली-प्रचण्डले बोलाएपछि बालुवाटारमा पुगिन् उपसभामुख तुम्बाहाङ्फे
उपसभामुख शिवमाया तुम्बाहाङ्फे बालुवाटार पुगेकी छन्। आइतबार मध्यान्ह प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएपछि उपसभामुख तुम्बाहाङ्फे बालुवाटार गएको उनको सचिवालयले जनाएको छ। नेकपा सचिवालय बैठकले शनिबार सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउन उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन लगाउने निर्णय गरेको थियो। सचिवालय बैठकलाई चुनौती दिँ...

प्रदेश ३ को राजधानी र नाम तोक्न मतदान हुँदै

प्रदेश ३ को राजधानी र नाम तोक्न मतदान हुँदै
प्रदेश नम्बर ३ प्रदेश सभाबाट आइतबार औपचारिकरुपमा प्रदेशको नाम र राजधानी तोकिने भएको छ । प्रदेशको नाम वाग्मती र राजधानी हेटौँडा कायम गर्न आइतबार बिहान ९ बजेदेखि मतदान हुँदैछ । प्रदेश सभा गठन भएको झण्डै दुई वर्षपछि प्रदेश ३ ले नाम र स्थायी राजधानी पाउने भएको छ । यसअघि प्रदेश सभाले नाम र राजधानी तोक्न नसकेको भन्दै जनगुनासो आइरहेको थियो । प्रदेश सभामा पनि यसकै विषयमा धेरै कुरा उठ्ने गरेको थियो ।...

पाम आयल निर्यातका लागि पहल गर्न कांग्रेसको आग्रह

पाम आयल निर्यातका लागि पहल गर्न कांग्रेसको आग्रह
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रशोधित पाम आयलको भारत निर्यात सुरु गर्न पहल थाल्न सरकारको ध्यानकर्षण गराएको छ । भारतले पाम आयलको आयातमा रोक लगाएपछि सो सम्बन्धमा कूटनीतिक पहल गरी अन्य मुलुकमा भए पनि निर्यातका लागि सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जारी गर्दै प्रशोधित पाम आयलको निर्यात रोकिएपछि उत्पादित पाम आय...

ढकाललाई कानून र बाँस्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी

ढकाललाई कानून र बाँस्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कानून मन्त्रालय र सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सहरी विकास मन्त्रालयको समेत कार्यभार सम्हल्न थालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई कानून, न्याय तथा संसदीय मामिला र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई सहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी हुन...

पुषकाे चिसाे, कक्षा कोठामा छाता ओढेर पढ्न बाध्य विद्यार्थी

पुषकाे चिसाे, कक्षा कोठामा छाता ओढेर पढ्न बाध्य विद्यार्थी
रोल्पा / चिसो र पानी परिरहेको मौसममा कक्षा कोठाभित्र विद्यार्थी छाता ओढेर बसिरहेका थिए भने शिक्षक पनि छाता ओढेरै पढाइरहेका थिए। पूरानो तथा जीर्ण भवनमा मात्र नभई नयाँ भवनमा समेत जस्ताबाट पानी चुहिन थालेपछि कोठाभित्र छाता ओढ्नुको बिकल्प नरहेको हो। पानी छल्न झोला कुनामा राखेर छाता ओढेर बेन्चमा बसेका छात्रछात्राहरुको दृष्यले नरमाईलो सन्देश दिइरहेको थियो। विद्यार्थीको बिजोग देखेका प्रअ झक्कु वली...

यौनधन्दामा संलग्न भएको आरोपमा बलिउड अभिनेत्री पक्राउ

यौनधन्दामा संलग्न भएको आरोपमा बलिउड अभिनेत्री पक्राउ
बलिउड अभिनेत्री अमृता धनोआलाई मुम्बइ पुलिसले गोरेगांवको उक होटलबाट पक्राउ गरेको छ । अमृतालाई पुलिसले छापा मार्ने क्रममा मुम्बइको फाइभ स्टार होटलबाट पक्राउ गरिएको हो । उनीसँगै स्ट्रगलिङ अभिनेत्री ऋचा सिंहलाई पनि पक्राउ गरिएको छ । उनीहरुलाई अवैध यौनधन्दाको अभियोगमा पक्राउ गरिएको हो । पुलिसलाई आफ्नो स्रोतबाट यहाँ अवैध यौनधन्दा चलिरहेको खबर आएपछि छापा मारेको थियो । पुलिसले नक्कली ग्रहक बनेर उनीह...