घरेलु मदिरा सेवनबाट २४ जनाको मृत्यु, ४० भन्दा बढी बिरामी

घरेलु मदिरा सेवनबाट २४ जनाको मृत्यु, ४० भन्दा बढी बिरामी
भारतको गुजरात राज्यमा घरेलु मदिरा सेवनबाट २४ जनाको मृत्यु भइसकेको बीबीसी समाचारमा उल्लेख छ। मदिरा सेवनबाट ४० भन्दा धेरै मानिस अस्पताला भर्ना भएका छन्। यो घटनामा मंगलबार(आज) बिहानसम्म २४ जनाको मृत्यु भइसकेको बीबीसी समाचारमा उल्लेख छ। मदिरा सेवनबाट बिरामी भएका मानिसहरुलाई उपचारका लागि भावनगर, बोटाद र अहमदाबाद पठाइएको छ। प्रहरीले हालसम्म रक्सी बनाउने र बेच्ने ५  जनालाई नियन्त्रणमा लिएको छ। घ...

दुई बस ठोक्किँदा आठ जनाको मृत्यु

दुई बस ठोक्किँदा आठ जनाको मृत्यु
भारतको उत्तर प्रदेशमा दुई ओटा बस एकआपसमा ठोक्किँदा आठ जनाको मृत्यु भएको छ । सोमबार भएको सो दुर्घटनामा करिब २० जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि लखनउको ट्रमा सेन्टरमा रिफर गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । दुबै बस बिहारबाट दिल्लीको यात्रामा थिए । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ । चालकको लापरबाही, पुराना सवारी साधन र मर्मत सम्भार नगरिएका ...

गर्मीको कारण युरोपमा १७ सय बढीको मृत्यु

गर्मीको कारण युरोपमा १७ सय बढीको मृत्यु
युरोपका विभिन्न देशहरु अहिले चर्को गर्मीको सामना गरिरहेका छन् । बेलायतमा अहिलेसम्मकै सबैभन्दा धेरै तापक्रम ४० डिग्री सेल्सियस तापमान पुगेको छ । फ्रान्स, इटाली, पोर्चुगल, स्पेन र ग्रिसमा चर्को गर्मीका कारण मानिसहरुको दिनचर्या प्रभावित बनेको छ । यहाँसम्म की गर्मीका कारण जंगलमा फैलिएको डढेलो नियन्त्रणमा कठिन भएको छ। एक हफ्तामा स्पेन र पोर्चुगलमा १७ सयभन्दा धेरै मानिसको गर्मीले ज्यान गएको छ। बेल...

तातो हावाबाट ५१० को मृत्यु

तातो हावाबाट  ५१० को मृत्यु
स्पेनमा केही समययतादेखि प्रचण्ड गर्मी भइरहेकाे छ। तातो हावाबाट मानिसहरूको ज्यान गइरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। स्पेनको मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारसम्म तातो हावाबाट ज्यान जाने व्यक्तिको संख्या ५१० पुगेको छ। मन्त्रालयका अनुसार तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ भने गर्मीका कारण यससँग सम्बन्धित समस्याबाट मानिसहरूको ज्यान जाने क्रम पनि रोकिएको छैन। त्य...

रुसको आक्रमणबाट ३५३ बालबालिकाको मृत्यु

रुसको आक्रमणबाट ३५३ बालबालिकाको मृत्यु
युक्रेनमा रुसले गरेको आक्रमणमा परि हालसम्म ३५३ बालबालिकाको मृत्यु भएको छ । आक्रमणमा ६६२ बालबालिका घाइते भएका छन् । जसलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । रुसले लगातार युक्रेनमा मिसाइल आक्रमण गरिरहेको छ । डोनेट्स्क क्षेत्रमा सबैभन्दा बढी ३५३ बालबालिकाको मृत्यु भएको छ । खार्किभमा १९१, कीभमा ११६ र खेरसनमा ५२ बालबालिकाको मृत्यु भएको छ ।

श्रीलंकाली राष्ट्रपति गोटाबायाद्वारा राजिनामा, खुशी भए जनता

श्रीलंकाली राष्ट्रपति गोटाबायाद्वारा राजिनामा, खुशी भए जनता
देश छाडेरर माल्दिभ्स हुँदै सिंगापुर पुगेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले पदबाट राजिनामा दिएका छन्। बीबीसीका अनुसार राजापाक्षेले इमेलमार्फत् सभामुखलाई राजिनामा पत्र पठाएका हुन्। यद्यपी सार्वजनिक रुपमा संसदले उनको राजिनामाबारे जानकारी दिएको छैन। तर राजापाक्षेले आफ्नो हस्ताक्षरसहितको राजिनामा पत्र पठाएकाले त्यो अब संविधान अनुसार उनी श्रीलंकाका राष्ट्रपति पदबाट बाहिरिसकेका छन्। ...

श्रीलंका छाडेर माल्दिभ्स भागेका राष्ट्रपति राजापाक्षे फेरि भागे सिंगापुर तिर

श्रीलंका छाडेर माल्दिभ्स भागेका राष्ट्रपति राजापाक्षे फेरि भागे  सिंगापुर तिर
देश छोडेर भागेका श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्सको राजधानी मालेबाट सिंगापुर उडेका छन्। उनलाई लैजान बिहीबार एउटा निजी जेट मालदिभ्स पुगेको थियो। तीब्र प्रदर्शनबीच गोटाबाय बुधबार श्रीलंकाबाट माल्दिभ्स भागेका थिए। राजापाक्षे, उनकी श्रीमती इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरु गत राति मालेबाट सिंगापुरका लागि सिंगापुर एयरलाइन्सको विमानमा चढ्ने तयारीमा थिए। तर, सुरक्षाको का...

श्रीलंकामा आपत्तकाल घोषणा

श्रीलंकामा आपत्तकाल घोषणा
श्रीलंकामा राष्ट्रिय आपत्तकाल घोषणा गरिएको छ । राष्ट्रपति गोटाबाया राजापक्ष देश छाडेर भागेपछि पछिल्लो अवस्थालाई मध्यनजर गर्दै आपत्काल घोषणा गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । समाचार संस्था एएफपीसँग प्रधानमन्त्री कार्यालयका प्रवक्ता डिनुक कोलोम्बागेले राष्ट्रपति मुलुकबाहिर रहेकाले देशको पछिल्लो अवस्थाको सामना गर्न आपतकाल घोषणा गरिएको बताएका छन् । मंगलबार राति राष्ट्रपति राजापक्ष सेनाक...

भारतमा एकै दिन १८ हजार कोभिड संक्रमित

भारतमा एकै दिन १८ हजार कोभिड संक्रमित
भारतमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै छ । पछिल्लो २४ घन्टामा १८ हजार २५७ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ४ करोड ३६ लाख २२ हजार ६५१ पुगेको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा ४२ जनाको मृत्युसँगै कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २५ हजार ४२८ पुगेको छ । कुल सक्रमितको शून्य दशमलब ३० प्रतिशत सक्रिय संक्रमित छन् । त्यसैगरी कोभिड नि...

चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउ आज नेपाल आउँदै

चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउ आज नेपाल आउँदै
चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली आज आइतबार नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । चारदिने नेपाल भ्रमणमा आउन लाग्नुभएको लिउसँग आठ सदस्यीय टोली रहेको छ । भ्रमणमा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेतासँग भे...