गोपाल काफ्ले / मोरङको पथरी शनिश्चरे नगरपालीकामा नगर प्रहरी भर्तीमा पदपुर्ती समिति माथी चलखेल गरेको आरोप आएको छ । नगरले लिएको पहिलो चरणको परिक्षामा फेल भएकी उमेदवारलाई नगर प्रहरीमा छनोट गरेको भेटिएको छ । पटक पटक फेल भएकी एक उमेद्वारलाई ३ पटक सम्म मौका दिएर पास गराएको अन्य उमेदवारको आरोप छ ।
नगरले पहिलो चरणको (शारिरिक तन्दुरुस्ती परिक्षा तथा वेरिङ जाँच )परिक्षामा असफल उमेद्वारलाई लिखित हुदै अन्तर्वाता परिक्षामा सामेल गरि सफल उमेद्वार घोषणा गरेको छ । सबै चरणको परिक्षा सकिए संगै नतिजा प्रकासन भए पछि सफल भएकी उमेद्वार वेरिङ जाँचमा असफल भएको भिडियो बाहिरिएको छ । यता सबै चरणको परिक्षामा सफल भएकी उमेद्वार भने बैकल्पीकमा परेकी छन । नगरले नगर प्रहरी साहायक निरिक्षक १, नगर प्रहरी जवान २ र महिला नगर प्रहरी १ गरी जम्मा ४ पदमा विज्ञापन खुलाएको थियो । नगरको पदपुर्ती समितिको संयोजकमा नगरका प्रमुख प्रसासकीय अधिकृत शशी राई रहेको छन ।
पदपुर्ती समितिको संयोजक प्रमुख प्रसासकीय अधिकृत शशी राईले परिक्षा निश्पक्ष र स्वच्छ प्रतिस्पर्दाबाट भएको बताए पनि बाहिरिएको भिडियो हेर्दै उत्त वेरिङ जाँच पास छनोट प्रकृया भने इलाका प्रहरी कार्यलय पथरीलाई जिम्मा दिएको बताउदै पन्छिए । प्रमुख प्रसासकीय अधिकृत राईले प्रहरीले दिएको नतिजाको आधारमा प्रकृया अघि बढाईएको बताउदै हो यसको जवाफदेहिता प्रहरी हुनु पर्ने बताए ।
यता इलाका प्रहरी कार्यलयबाट जिम्मेवारी पाएका प्रहरी निरिक्षक खगेन्द्र थेगेम भने ३ पटक सम्म मौका दिए दिएको र ३ पटकमा सफल भएको बताए । तर यता भिडियोमा भने उनि असफल भएको प्रष्ट देखिन्छ । असफल भएको प्रष्ट देखी देखी सफल बनाए पछि पदपुर्ती समिति माथी शंका थपिएको छ । परिक्षामा सामेल परिक्ष्याथी र बाहिरी अवलोकन गर्नेहरुले समेत बैकल्पिकमा नाम आएकी नै सबै परिक्षामा उतिर्ण भएकी बताउदै आएका छन ।
नगरको पदपुर्ती समितिले मंसिर ८ देखि १४ गते सम्म विभिन्न पदका उमेदवारको परिक्षा लिएको थियो । तर परिक्षा हुदा रेकर्ड गरिएको भिडियो हेर्दा सफल उमेदवार असफल भएको देखिएको छ । उत्त भिडियो बाहिरिए संगै अन्य उमेद्वारले आवाज उठाएका छन भने पदपुर्ती समिति माथि आर्थिक चलखेल भएको हुन सक्ने शंका उब्जिएको छ । सबै प्रकृयामा सफल हुदै आए पनि नगरले फेल भएको ब्यात्तीलाई छनोट गरेको अन्य उमेदवारले बताएका छन । भिडियो हेर्दा समेत प्रतिस्पर्दी उमेदवारहरुले लगाएको आरोप सहि देखिन्छ । अन्य उमेदवारले भिडियोको आधारमा महिला नगर प्रहरीमा पदपुर्ती समितिले चलखेल गरेको आरोप लगाएका छन ।