काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सुनसरीस्थित धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत सञ्चारकर्मीलाई धम्की दिएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । धरानका प्रमुख साम्पाङले नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई र महासङ्घका राष्ट्रिय परिषद् सदस्य गोपाल दाहाललाई समाचारको विषयलाई लिएर धम्की दिएका थिए । “समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी प्रक्रिया जाने वा प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने स्थापित प्रावधान छ । यसलाई बेवास्ता गर्दै सार्वजनिक पदधारी प्रमुखजस्तो जिम्मेवार व्यक्तिबाट गरिएको यो हर्कत अन्यन्त निन्दनीय हुनुका सार्थै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो”, महासङ्घका महासचिव रोसन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । प्रमुख साम्पाङको उक्त शैलीले पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउनुका साथै विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा समेत आघात पुग्ने महासङ्घको ठहर छ । महासङ्घले प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र यस किसिमका घटना दोहोरिन नदिने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग समेत गरेको छ ।
तपाईको प्रतिक्रिया







सम्बन्धित समाचार
मोरङको सामुदायिक वनबाट दुई थान भरुवा बन्दुक बरामद
उर्लाबारी। मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित कोइली सामुदायिक वनबाट प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ। बुधबार...
बुढीखोला दोहन, रातको समयमा माटो उत्खनन गरी बिक्री
अकबर अलि दुहबी नगरपालिका–१ स्थित बुढी खोलाबाट अनुमति विपरीत माटो उत्खनन गरी बिक्री भइरहेको आरोपपछि विवाद चर्किएको छ। माट...
कप्तानगञ्ज गोलीकाण्डको विरोधमा इटहरीमा राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन
इटहरी । सुनसरीको कप्तानगञ्जमा भएको गोलीकाण्डको विरोधमा मंगलबार इटहरी उपमहानगरपालिका–२० स्थित पकलिमा प्रदर्शनकारीहरूले पू...
सुनसरीमा पूर्व–पश्चिम राजमार्ग र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी
इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा अनिश्चितकाल...
कप्तानगन्जको अवस्था नियन्त्रणबाहिर, स्थानीयका पसलमा तोडफोड सुरु
सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जको अवस्था सुरक्षाकर्मीको नियन्त्रणबाहिर पुगेको छ । ठूलो संख्यामा नेपाल र सशस्त...
सुनसरी घटनाप्रति सांसद थापाको आक्रोश: ‘हातमा हतियार छ भन्दैमा गोली हान्न पाइँदैन,
सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाप्रति सुनसरी–२ का प्र...
















