मोरङ । मोरङको कानेपोखरी गाउँपालिका—५ मा शनिबार साँझ मोटरसाइकलले ठ’क्क’र दिदा ६० बर्षिय नरेश काफ्लेको मृ’त्यु भएको छ ।
साइकल यात्रा गरिरहेका काफ्लेलाई मे ६ प ५९४ नम्बरको मोटरसाइकलले ठ’क्क’र दिदा काफ्लेको मृ’त्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ । काफ्लेलाई उपचारको लागि न्युरो अस्पताल पु¥याउदा मृ’त्यु भएको बताइएको छ ।
मोटरसाइकल चालक सुनबर्षी १ का करिव ३० बर्षिय अभिशेक कार्की घाइते भएर उर्लाबारी स्थित अरनीको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । परिवार गुमाएका पीडित परिवारले मोटरसाइकल चालकको सवारी चालक अनुमति पत्र भएनभएको बारे रामरी अध्ययन हुनुपर्ने बताएका छन् ।

















