बेलबारी । जिल्लाका विभिन्न स्थानमा परेको चट्याङका कारण दुई जना घाइते भएका छन्। आज बिहान करिब ७:५० बजे पथरीशनिश्चरे नगरपालिका–२ कालापानी निवासी ४६ वर्षीया जानुका रेग्मी आफ्नै भान्सा घर अगाडि उभिएको अवस्थामा वर्षासँगै परेको चट्याङ लाग्दा घाइते भएकी हुन्। उनको दाहिने खुट्टामा चोट लागेको छ। घाइते रेग्मीलाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारेमा भर्ना गरिएको छ। अस्पतालका अनुसार उनको अवस्था सामान्य रहेको छ। घटनापछि इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली खटिएको छ।
त्यसैगरी, बिहान करिब ८:०० बजे धनपालथान गाउँपालिका–२ पैटा निवासी ३० वर्षीया भाल्सा देवी ऋषिदेव आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी छन्। उनलाई तत्काल उपचारका लागि कोशी अस्पताल, विराटनगर लगिएको छ। अस्पतालका अनुसार उनको अवस्था गम्भीर रहेको छ।

















