उर्लाबारी। मोरङको मिक्लाजुङ गाउँपालिका–७ मधुमल्ला बजारस्थित एक होटलमा अनैतिक गतिविधि भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेर दुई महिलालाई उद्धार गरी सेफ हाउस पठाएको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार प्रहरी निरीक्षक नविन ओलीको कमाण्डमा ७ सदस्यीय प्रहरी टोली खटिएको थियो । टोलीले मिक्लाजुङ–७ मधुमल्ला बजारमा रहेको ‘सोहेन होटल एण्ड लज’मा पुगेर जाँच गर्दा त्यहाँ कार्यरत दुई महिलालाई उद्धार गरी इलाका प्रहरी कार्यालय उर्लाबारीमा ल्याएको थियो ।
प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी दुवै महिलालाई संरक्षण तथा पुनःस्थापनाका लागि दमकस्थित सेफ हाउस पठाएको जनाएको छ । उक्त होटल सञ्चालन गर्दै आएका ४२ वर्षीय सुरेन्द्र दाहाललाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया