टंकीसिनवारी । टंकीसिनवारी खानेपानी तथा सरसफाइ सामुदायिक संस्थाको सदस्य पदका लागि अशोक ठाकुरले उम्मेदवारी दिएका छन्। उनले संस्थामा पारदर्शी नेतृत्व, जिम्मेवार सेवा र उपभोक्तामैत्री कार्यसम्पादनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।

ठाकुरले स्वच्छ र सुरक्षित पिउने पानीको सुनिश्चितता, नियमित खानेपानी आपूर्ति, पारदर्शी तथा जवाफदेही व्यवस्थापन, स्वच्छता र सरसफाइमा विशेष ध्यान दिने बताएका छन्।

उनले संस्थामा विगतमा भएका अनियमितता तथा भ्रष्टाचार अन्त्य गर्ने , पारदर्शिता कायम गर्ने र जनशक्तिमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, सदस्य तथा उपभोक्ताको रकमको पूर्ण सुरक्षाको सुनिश्चितता गर्ने उनको प्रतिबद्धता छ।

खानेपानीको अभाव हुन नदिने तथा हरेक जनताको घरघरमा नियमित खानेपानी पुर्‍याउने विषयलाई पनि उनले आफ्नो प्राथमिकतामा राखेका छन्।

ठाकुरले संस्थाको सुधार, सुशासन र उपभोक्ताको हितका लागि आफूलाई मतदान गरी विजयी गराउन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया