मोरङ : मोरङको बूढीगंगा गाउँपालिका–४ गोकुल उराउ टोलकी ४० वर्षीया मुना कार्कीको करेन्ट लागेर मृत्यु भएको छ। घर नजिकै पानी तान्ने ट्युबेलमा जडान गरिएको मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
गएराति करेन्ट लागेर गम्भीर घाइते भएकी कार्कीलाई उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

तपाईको प्रतिक्रिया