सिन्धुपाल्चोकको ठूलो छाँगामा क्यानोनिङ र रक क्लाइम्बिङ सुरु
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ चिलाउनेस्थित ठूलो छाँगामा क्यानोनिङ र रक क्लाइम्बिङ सुरु गरिएको छ। बलेफी गाउँपालिकाले साहसिक खेल अन्तर्गत पर्ने क्यानोनिङ र रक क्लाइम्बिङका लागि पहिलो चरणमा ३ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो।
झरनामा आधारभूत पूर्वाधार तयार गर्न सो बजेटबाट काम थालिएको वडा नम्बर ३ का वडाध्यक्ष रितेश तामाङले बताए। पर्यटकीय स्थलका रूपमा सो क्षेत्रलाई विकास गर्ने उद्देश्यले ...