विज्ञान पढ्न शिक्षादीपमा विद्यार्थीको आकर्षण, ८ सय सिटका लागि तीन गुणा बढी प्रतिस्पर्धा
शिक्षादीप कलेज मा कक्षा ११ विज्ञान संकाय अध्ययन गर्न चाहने विद्यार्थीहरूको उल्लेखनीय भिड देखिएको छ । प्रदेशकै अग्रणी शैक्षिक गन्तव्यको रूपमा स्थापित कलेजले आज लिएको प्रवेश परीक्षामा क्षमताभन्दा झण्डै तीन गुणा बढी विद्यार्थी सहभागी भएका हुन् ।
कलेजले यस शैक्षिक सत्रका लागि विज्ञान संकायतर्फ ८ सय सिट निर्धारण गरेको भए पनि प्रवेश परीक्षामा कोशी प्रदेशका १४ वटै जिल्लाका साथै मधेश प्रदेशबाट समेत...











