साइप्रसमा दुई नेपालीमाथि छुरा प्रहार

साइप्रसमा दुई नेपालीमाथि छुरा प्रहार
साइप्रसको लिमाजोलको आइओस क्षेत्रमा दुई नेपाली युवकमाथि छुरा प्रहार गरिएको छ । उनीहरूमध्ये एकजना ३३ वर्षीय र अर्का २५ वर्षीय युवक भएको जनाइएको छ । उनीहरू आइतबार (आज) बिहान घाइते अवस्थामा फेला परेका हुन् । स्थानीय सिटी सीआईडीले घटनाको अध्ययन गरिरहेको छ ।घाइतेमध्ये एकजनाको अवस्था चिन्ताजनक छ । लिमाजोल जनरल अस्पतालको इन्टेन्सिभ केयर युनिटमा उनको उपचार भइरहेको छ । आक्रमणकारीको पहिचान हुन नसकेको र अधि...

एटीएम तोडफोड गर्ने युवक पक्राउ

एटीएम तोडफोड गर्ने युवक पक्राउ
काठमाडौंको बालाजुमा रहेको माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गर्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहट यमुनामाई गाउँपालिका-१ घर भई हाल काठमाडौंको कलंकी बस्ने १८ वर्षीय राधेश्याम बैठा रहेका छन्। प्रहरी टोलीले एटीएम फुटाउँदै गर्दा उनलाई फलामको रडसहित फेला पारेको थियो। पक्राउ परेका उनलाई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको छ।

नुहाउने क्रममा नहरले बगाएर एक वृद्धको मृत्यु

नुहाउने क्रममा नहरले बगाएर एक वृद्धको मृत्यु
मोरङको बूढीगंगा गाउँपालिका ७ मा नुहाउने क्रममा नहरले बगाएर एक जना वृद्धको मृत्यु भएको छ । सुनसरी–मोरङ सिँचाई आयोजनाको नहरले बगाएर ७० वर्षीय साजुलाल चौधरीको मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार नुहाउने क्रममा वृद्धलाई शनिबार दिउँसो ३ः३० बजेतिर नहरले बगाएको थियो ।खोजी गर्ने क्रममा घटनास्थलबाट सय मिटरजति तल शव फेला परेको जानकारी उनले दिए । घटनाबारे थप अनुस...

खोलामा डुबेर दुई किशोरीको मृत्यु

खोलामा डुबेर दुई किशोरीको मृत्यु
दैलेख महावु गाउँपालिका-३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ वर्षीया भावना बुढा र १६ वर्षीया सपनाकुमारी बुढाको ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिनुभयो । बाख्रा चराउन गएका उनीहरूको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो ।

देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव

देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव
स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले जानकारी दिए। उनले हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको बताए। उनले भने,  'हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको ...

आज १३ साउन २०८१ आइतवारको राशिफल

आज १३ साउन २०८१ आइतवारको राशिफल
मेष । आज धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ । वृष । उच्च महत्वकाङ्क्षा र विगतका गलत निर्णयले पनि काममा चुनौती र झमेला आउने देखिन्छ, तर आफन्त बाट साथ र सहयोग मिल्नेछ । मिथुन । रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ । कर्कट...

आज १३ साउन २०८१ आइतवारको राशिफल

आज १३ साउन २०८१ आइतवारको राशिफल
मेष । आज धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ । वृष । उच्च महत्वकाङ्क्षा र विगतका गलत नियले पनि काममा चुनौती र झमेला आउने देखिन्छ, तर आफन्त बाट साथ र सहयोग मिल्नेछ । मिथुन । रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ । कर्कट । आज...

रुसी सेनामा ३४ नेपाली मारिए ,आधा दर्जन युक्रेनमा बन्धक

रुसी सेनामा ३४ नेपाली मारिए ,आधा दर्जन युक्रेनमा बन्धक
रुसी सेनामा भर्ती भएकामध्ये अहिलेसम्म ३४ नेपालीको मृत्यु भएको पुष्टि भएको छ । यस्तै, पाँच जना घाइते भएर उतै उपचाररत रहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिएकी छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधबार बसेको बैठकमा उनले उक्त जानकारी दिएकी हुन् । मृत्यु भएकाहरूको शव नेपाल झिकाउन २२ जनाको डीएनए परीक्षणका लागि पठाइएको छ । रुसी सेनाको पक्षबाट लडिरहेका ६ जना नेप...

विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा

विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा
गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका विपन्न तथा दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुआत गरेको छ ।   चालु आर्थिक वर्ष २०८१-८२ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रममार्फत आवश्यक बजेट विनियोजन गरी पालिकाभित्रका सबै विपन्न र दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न थालनी गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए।  ‘स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका दलित तथा व...

पाइलट शाक्यको अवस्था सामान्य छ : केएमसी अस्पताल

पाइलट शाक्यको अवस्था सामान्य छ : केएमसी अस्पताल
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था सामान्य रहेको अस्पताले जनाएको छ । उनको काठमाडौं मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनको अनुहार, आँखा, नाक तथा टाउकोमा चोटहरू, ढाडमा एउटा हड्डी भाँचिएको तथा देब्रे पट्टिको ३ वटा करङहरु भाँचिएको अस्पतालले जनाएको छ । केएमसी अस्पताल निर्देशक डा.मीना थापाले प्रेस विज्ञप्ति जारी गर्दै पाइटल शाक्यको अनुहार, ना...