घरमा बुवा बिते, काजकि’रिया गर्न नेपाल फर्किन लागेका सन्तोष कम्बोडियामै अ,स्ताए
धादिङको धुनिवेशी नगरपालिका–९ जुगेडीका ४१ वर्षीय सन्तोष राई वैदेशिक रोजगारीका लागि कम्बोडिया पुगेका थिए। तर नियतिले यस्तो मोड ल्यायो कि, घर फर्किने तयारीमै रहेका उनी कहिल्यै नफर्किने गरी परदेशमै अस्ताए।
करिब १७ वर्ष नेपाली सेनामा सेवा गरेका सन्तोषले केही वर्षअघि जागिर छोडेर वैदेशिक रोजगारीको बाटो रोजेका थिए। भिजिट भिसामा कम्बोडिया पुगेका उनी त्यहाँ सेक्युरिटी गार्डको काम गर्दै आएका थिए। यसबीच घ...











